back

सालकको खपटासहित पक्राउ

वि.सं.२०७६ जेठ २४ शुक्रवार

882 

shares

२४ जेठ, बनियानी । झापाको दमक नगरपालिकाबाट बिहीबार साँझ सालकको खपेटासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का ३० वर्षीय सुरज चेम्जोङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लोपोन्मुख वन्यजन्तु सालकको ३५० ग्राम खपेटासहित चेम्जोङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चेम्जोङलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको छ ।

अवैध समान बरामद
यसैबीच, झापाको मेचीनगर–६ बाट प्रहरीले बिहीबार साँझ करिब रू ७५ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको किराना तथा हार्डवेयरका समानहरु बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारबाहीका लागि आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

वि.सं.२०७६ जेठ २४ शुक्रवार १२:३१ मा प्रकाशित

Himalayan Life AD
दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी) । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल...

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा...

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा...

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म...

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको...