back

प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुने

वि.सं.२०७६ जेठ २४ शुक्रवार

513 

shares

२४ जेठ, काठमाडौँ । प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताको फाइनल भिडन्त भोलि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । दुवै टोली उपाधि रक्षा गर्ने उद्देश्यका साथ मैदानमा उत्रनेछन् ।

पुलिसले बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाँच विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने आर्मीले बुधबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश नं ३ ११७ रनले लाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

समूह चरणको खेलमा भने पुलिसले आर्मीलाई पराजित गरेको थियो । पुलिसले आर्मीलाई ५० रनको भारी अन्तरले पराजित ग¥यो । त्यसैगरी पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले, प्रदेश नं १ लाई ७५ रन तथा प्रदेश २ लाई १५६ रनको भारी अन्तरले पराजित गरेको थियो ।

यता आर्मीले भने प्रदेश २ लाई १७१ रनले पराजित गरेको थियो भने प्रदेश १ लाई ११३ रनको भारी अन्तरले पाखा लगाएको थियो । त्यस्तै आर्मीले कर्णाली प्रदेशलाई ११७ रनले हरायो भने पुलिससँग पराजित भएको थियो ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालीको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार प्राप्त गर्नेछन् ।

वि.सं.२०७६ जेठ २४ शुक्रवार १३:३४ मा प्रकाशित

Himalayan Life AD
कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

  काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल...

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...