back

पूर्वी अफगानिस्तानमा १८ जना लडाकू मारिए

वि.सं.२०७६ जेठ २४ शुक्रवार

453 

shares

२४ जेठ, काबुल । अफगानिस्तानको पूर्वी लोगाड प्रान्तमा शुक्रबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १८ जना तालिबानी लडाकू मारिएका छन् ।

प्रान्तीय सरकारले जारी गरेको वक्तव्यमा मुहम्मद आघा जिल्लास्थित विशेष प्रहरी बलले शुक्रबार बिहानै कारबाही गरेको र त्यसक्रममा विगतमा आतङ्कवादी अपराधमा संलग्न व्यक्तिहरु मारिएको उल्लेख छ ।

सुरक्षाफौजले तीन थान एके–४७ बन्दुक, १७ थान म्याग्जीन तथ ४५० थान बन्दुकका गोली समेतका हातहतियार पनि बरामद गरेको छ ।
लोगाड प्रान्तमा सक्रिय तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएको छैन ।

वि.सं.२०७६ जेठ २४ शुक्रवार १४:३४ मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...