back

धेरै बाल विवाह हुने मुलुकमा नेपाल दशौँ स्थानमा

वि.सं.२०७६ जेठ २४ शुक्रवार

2.1K 

shares

२४ जेठ, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेसफ) ले गरेको अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल पनि परेको देखाएको छ ।

नेपालका २० देखि २४ वर्षका १० पुरुषमध्ये एकको बाल्यावस्थामै विवाह हुने तथ्य बाहिर ल्याएको छ । सो अध्ययनले बालकको बालविवाह धेरै हुने मुलुक अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एशिया र प्रशान्त क्षेत्र र दक्षिण एशिया लगायतका क्षेत्रमा बढी छन् ।

तथ्याङ्कअनुसार मध्य अफ्रिकी गणतन्त्रमा सबैभन्दा धेरै बालकको ९२८ (प्रतिशत) बालविवाह भएको छ भने निकाराग्वा ९१९ प्रतिशत र मदगास्कर ९१३ प्रतिशत पनि बालकको बालविवाह हुने गरेको छ । सो हैसियतमा नेपालमा दशौँ स्थानमा छ । नेपालमा बालक र बालिकाको उत्तिकै दरले बालविवाह हुने गर्छ ।

अध्ययनअनुसार विश्वभरि कूल ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको छ । बालविवाह हुनेमा धेरैजसो बालिका छन् । त्यस्तै २० देखि २४ वर्षका पाँच महिलामध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि विवाह भएको थियो भने त्यही उमेरका ३० पुरुषमध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि विवाह भएको थियो ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने “बालविवाह भएका बालकले उमेर नपुग्दै वयस्कको जस्तै जिम्मेवारी बहन गर्नुपर्छ जसका लागि उनीहरू तयार भएका हुँदैनन् । बालविवाह भएका बालकले छिट्टै बाबुको भूमिका निभाउनुका साथसाथै परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ जसले गर्दा उनीहरू शिक्षा र रोजगारीका अवसरबाट वञ्चित हुन्छन् ।”

वि.सं.२०७६ जेठ २४ शुक्रवार १५:४३ मा प्रकाशित

Himalayan Life AD
विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी...