back

सरकारद्धारा एजेन्टको व्यवस्था खारेज, कारोबार नर्गन सर्वसाधारणमा अनुरोध

वि.सं.२०७६ जेठ २४ शुक्रवार

594 

shares

२४ जेठ, काठमाण्डौं । वैदेशिक रोजगार विभागले वैदेशीक रोजगार व्यवसायीका ऐजेन्टका रुपमा काम गरिरहेका व्यवसायीका प्रतिनिधिहरु रहने व्यवस्था खारेज गरेको जनाएको छ ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ७४ को उपदफा २ मा गरिएको संशोधित व्यवस्था अनुसार वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि (ऐजेन्ट) रहने व्यवस्था खारेज गरिएको बैदेशिक रोजगार विभागले जनाएको छ ।

यसअघि विभागबाट अनुमति लिएर नेपाल भित्रका कुनैपनि स्थानमा आफ्नो संस्थाको प्रतिनिधि नियुक्त गरी वैदेशिक रोजगार सम्बन्धी कामकाज गर्ने गराउने बैदेशिक रोजगारको लागि ईजाजतपत्र प्राप्त सम्पूर्ण संस्थाहरुलाई संस्थाको तर्फबाट नियुक्ति गरिएका कुनै पनि ऐजेन्टलाई काम गराउन नपाइने बताइएको छ ।

‘संस्थाको तर्फबाट नियुक्त गरिएका प्रतिनिधिहरुबाट बैदेशिक रोजगारी सम्बन्धी कुनै पनि किसिमको कार्य नगर्नु÷नगराउनु हुन र गरे/गराईएको पाइएमा वैदेशिक रोजगार ऐन, २०६४ (संशोधित सहित) बमोजिम त्यस्ता संस्था तथा व्यक्तिहरुलाई समेत कडा कारबाही भइ जाने व्यहोरा यसै सूचनाद्धारा जानकारी गराइन्छ ।’ विभागले विहिबार जारी गरेको सूचनामा भनिएको छ ।

वि.सं.२०७६ जेठ २४ शुक्रवार १८:०२ मा प्रकाशित

Himalayan Life AD
आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...