back

मलावीमा सडक दुर्घटना बढ्यो

वि.सं.२०७६ जेठ २४ शुक्रवार

567 

shares


२४ जेठ, लिलोङ्वे । मलावीमा सन् २०१९ को पहिलो चौमासिक अवधिमा सडक दुर्घटनामा कम्तीमा दुई सय ८१ जनाको ज्यान गएको छ । गत वर्ष यही अवधिमा दुई सय ३४ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो ।

मलावीका प्रहरी प्रवक्ता थोमेक न्याउडेले सन् २०१९ को पहिलो तीन महिनामा मुलुकभर दुई हजार ३५० वटा सडक दुर्घटना दर्ता भएको जानकारी दिएका छन् ।

उहाँले गत वर्ष यही अवधिमा केबल ९६५ वटा सडक दुर्घटना भएका थिए ।

दुर्घटनाको प्रवृत्ति अध्ययन गर्दा सडक प्रयोगकर्ताहरुले सामान्य सावधानी अपनाएको भए अधिकांश सडक दुर्घटना हुनबाट जोगाउन सकिने पनि प्रवक्ता न्याउडेले बताए ।

उनले भने, “सडकका हरेक प्रयोगकर्ताले जिम्मेवारीबोध गर्नु पर्दछ, तिब्र गति नै दुर्घटनाको मुख्य कारण हुने गरेको छ ।”

विगतमा गरिएका केही अध्ययनमा मलावीमा सडक दुर्घटना हुनुमा ट्राफिक प्रहरीलाई पनि दोषारोपण गरिएको थियो । सवारी चालक प्रमाणपत्र दिँदा अयोग्य व्यक्तिलाई पनि ट्राफिक प्रहरीले घुस लिएर त्यस्तो प्रमाणपत्र वितरण गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

वि.सं.२०७६ जेठ २४ शुक्रवार १७:०० मा प्रकाशित

Himalayan Life AD
मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...