back

खेती लगाउने बेला भयो तर, किसानले मल पाएनन्

वि.सं.२०७६ जेठ २४ शुक्रवार

483 

shares

२४ जेठ, हेटौडा । खेती लगाउने मुख्य समयमा नै मकवानपुरमा युरिया मलको चर्को अभाव भएको छ ।

मकैखेती तथा चैते धान रोप्ने अहिले उपयुक्त समय हो । मकै र चैते धान रोप्ने मुख्य समयमा युरिया मल अभाव भएपछि किसान प्रभावित भएका छ्न् ।

यसले कृषि उत्पादनमा ह्रास आउने विश्वास किसानको छ । मल बिक्री गर्ने सहकारी संस्था र बीउबिजन केन्द्रमा मल खरीद गर्न जाने किसान रित्तै फर्किन थालेका छन् ।

जिल्लामा युरिया मल बिक्री वितरण गर्ने जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेनिङसँग युरिया मलको मौज्दात नरहेका कारण मल समस्या देखिएको स्थानीय प्रशासनले जनाएको छ ।

कृषि सामग्री कम्पनीका प्रमुख शर्मिला घिमिरेले मलको समस्या एक हप्तामा समाधान हुने बताए ।

मलको टेण्डर भई आयत प्रक्रिया पूरा भइसकेको र हेटौँडामा एक हप्तासम्ममा आउने जानकारी दिए ।

साथै साल्ट ट्रेनिङ हेटौँडाले पनि युरिया मल ल्याएर बिक्री गर्नमा केही समय लाग्ने जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले किसानबाट मल अभावका गुनासो धेरै आएको बताए ।

चालू आर्थिक वर्षमा अहिलेसम्म जिल्लामा एक हजार ६०० मेट्रिक टन मल खपत भएको छ । दुई हजार ३०० मेट्रिक टन युरिया मल ल्याउने तयारी भइरहेको कृषि सामग्री कम्पनीले जनाएको छ ।

त्यस्तै जिल्लामा पोटास र डिएपी मलको पनि अभाव देखिएको छ ।

वि.सं.२०७६ जेठ २४ शुक्रवार २०:४१ मा प्रकाशित

Himalayan Life AD
सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

दमक (झापा)। सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको...

महोत्तरीका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने

महोत्तरीका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने

जलेश्वर (महोत्तरी) । भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको...

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको...

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ । मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका...

यसरी हुनसक्छ युवा व्यवस्थापन

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लार्ई युवा वर्ष घोषणा...