back
CTIZAN AD

चट्टान फोडेर फूलेको सुनाखरी

वि.सं.२०७६ जेठ २५ शनिवार

699 

shares

धरतीको नाङ्गो छातीमाथि
युगौँदेखि तप गरिरहेका
ती कठोर तपस्वी चट्टानहरू
सूर्यको प्रचण्ड तापले
मेघको उग्र वर्षपातले
वायुको फुङ्कार उर्लिआउने सिरेटोले
अझ,
प्राकृतिदेवीको आक्रोशमय
निष्ठुर बज्र प्रहारले समेत
उसको हिम्मतिलो आत्मबल
अनि हौसलाको मनोबल
निःसन्तान पार्न सक्दैन
तर–
अठोट कस्तो हो
ती साना बिजाङ्कुरको
प्रयत्न कस्तो हो
त्यो सूक्ष्म शरीरको
हजारौं कष्टको कष्टमय कुम्लो
प्रयासिलो नाम्लोले ओकलेर पनि
अथक प्रयत्नको अखण्ड दीप
प्रज्वलित गर्दछन्
अवरोधका विविध बलिष्ठ चट्टानहरू
फोड़ेर पनि
सफलताको प्रतिक स्वरूप संघर्षिलो कापबाट
आफ्नो साँघुरो जीवनलाई
फराकिलो आत्मविश्वासको सशक्त कोशिशहरूले
फूलाएरै छोड़दछन् ।
यथार्थ हेर !
भावीले कुँदेका एक–एक भाग्य
यथावत् छ
तर…..
परिभाषा उनमा अनेक छ
सन्घर्षका अनुभवी तितो पलहरूमा
परिश्रमको नुनिलो कदमहरूले
शब्द–शब्द परिभाषित गरे
भावी शब्दकोषका तमाम पृष्ठहरूमा
एक–एक जटिल शब्द
सरल बन्ने छ ।

 

उर्वर परिस्थितिमा
मलिलो परिवेश नभए तापनि
साहसको सिङ्गो वेगमा चट्टान तोड़ेर पनि
विश्वलाई विजयको पताका फहराइ
जिउँदो मृत्युको
हाँसो हाँसेर देखाउँदछ
यसरी रूखो क्रान्तिको विगुलसँगै
सुनाखरी !

आधुनिक महाभारतको जाली चक्रव्यूहमा
दिनहुँ फँसिरहेछन्
षड्यन्त्रकारी द्रोणाचार्यको साम्राज्यमा
निर्दोष अनि निमुखा अभिमन्युहरू
तर…
अन्तर हृदयको
गहिरो चेतनामा
प्रयत्नको डुबुल्की हाले
निस्सासिए तापनि सफलताको मोती
निश्चय मिल्ने छ
अनि चक्रव्यूह तोड़ी
आफूलाई वीर घोषणासँगै
चक्रव्यूहलाई चकनाचुर पारी
सूरवीर भई निस्कने छ ।
तराजुरूपी संसारको
भेदभावी पल्लाहरूमा
जति थोर
उति माथि
जति धेर
उति तल
यो धेर–थोरको होडबाजीमा
कति सूक्ष्म शरीरहरू
भ्रमजालको चक्रभित्र अलमली रहेछन्
यहाँ धेर भए उर्वर
थोर भए बञ्जर छ
तर…….!
उर्वर परिस्थितिमा
मलिलो परिवेश नभए तापनि
साहसको सिङ्गो वेगमा चट्टान तोड़ेर पनि
विश्वलाई विजयको पताका फहराइ
जिउँदो मृत्युको
हाँसो हाँसेर देखाउँदछ
यसरी रूखो क्रान्तिको विगुलसँगै
सुनाखरी !
चट्टानभित्रको बाँझी कापबाट
आकाश छुने
क्षितिज चुम्ने
तृप्तिको हाँसो हाँस्दछ ।

वि.सं.२०७६ जेठ २५ शनिवार ०९:४९ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...