back

चट्टान फोडेर फूलेको सुनाखरी

वि.सं.२०७६ जेठ २५ शनिवार

411 

shares
GLOBAL IME AD
NTC AD

धरतीको नाङ्गो छातीमाथि
युगौँदेखि तप गरिरहेका
ती कठोर तपस्वी चट्टानहरू
सूर्यको प्रचण्ड तापले
मेघको उग्र वर्षपातले
वायुको फुङ्कार उर्लिआउने सिरेटोले
अझ,
प्राकृतिदेवीको आक्रोशमय
निष्ठुर बज्र प्रहारले समेत
उसको हिम्मतिलो आत्मबल
अनि हौसलाको मनोबल
निःसन्तान पार्न सक्दैन
तर–
अठोट कस्तो हो
ती साना बिजाङ्कुरको
प्रयत्न कस्तो हो
त्यो सूक्ष्म शरीरको
हजारौं कष्टको कष्टमय कुम्लो
प्रयासिलो नाम्लोले ओकलेर पनि
अथक प्रयत्नको अखण्ड दीप
प्रज्वलित गर्दछन्
अवरोधका विविध बलिष्ठ चट्टानहरू
फोड़ेर पनि
सफलताको प्रतिक स्वरूप संघर्षिलो कापबाट
आफ्नो साँघुरो जीवनलाई
फराकिलो आत्मविश्वासको सशक्त कोशिशहरूले
फूलाएरै छोड़दछन् ।
यथार्थ हेर !
भावीले कुँदेका एक–एक भाग्य
यथावत् छ
तर…..
परिभाषा उनमा अनेक छ
सन्घर्षका अनुभवी तितो पलहरूमा
परिश्रमको नुनिलो कदमहरूले
शब्द–शब्द परिभाषित गरे
भावी शब्दकोषका तमाम पृष्ठहरूमा
एक–एक जटिल शब्द
सरल बन्ने छ ।

 

उर्वर परिस्थितिमा
मलिलो परिवेश नभए तापनि
साहसको सिङ्गो वेगमा चट्टान तोड़ेर पनि
विश्वलाई विजयको पताका फहराइ
जिउँदो मृत्युको
हाँसो हाँसेर देखाउँदछ
यसरी रूखो क्रान्तिको विगुलसँगै
सुनाखरी !

आधुनिक महाभारतको जाली चक्रव्यूहमा
दिनहुँ फँसिरहेछन्
षड्यन्त्रकारी द्रोणाचार्यको साम्राज्यमा
निर्दोष अनि निमुखा अभिमन्युहरू
तर…
अन्तर हृदयको
गहिरो चेतनामा
प्रयत्नको डुबुल्की हाले
निस्सासिए तापनि सफलताको मोती
निश्चय मिल्ने छ
अनि चक्रव्यूह तोड़ी
आफूलाई वीर घोषणासँगै
चक्रव्यूहलाई चकनाचुर पारी
सूरवीर भई निस्कने छ ।
तराजुरूपी संसारको
भेदभावी पल्लाहरूमा
जति थोर
उति माथि
जति धेर
उति तल
यो धेर–थोरको होडबाजीमा
कति सूक्ष्म शरीरहरू
भ्रमजालको चक्रभित्र अलमली रहेछन्
यहाँ धेर भए उर्वर
थोर भए बञ्जर छ
तर…….!
उर्वर परिस्थितिमा
मलिलो परिवेश नभए तापनि
साहसको सिङ्गो वेगमा चट्टान तोड़ेर पनि
विश्वलाई विजयको पताका फहराइ
जिउँदो मृत्युको
हाँसो हाँसेर देखाउँदछ
यसरी रूखो क्रान्तिको विगुलसँगै
सुनाखरी !
चट्टानभित्रको बाँझी कापबाट
आकाश छुने
क्षितिज चुम्ने
तृप्तिको हाँसो हाँस्दछ ।

वि.सं.२०७६ जेठ २५ शनिवार ०९:४९ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...