back

मलेसियामा उपचारका क्रममा नेपाली युवाको मृत्यु

वि.सं.२०७६ जेठ २५ शनिवार

699 

shares

२५ जेठ, मलेसिया । मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ ।  मलेसियाको कोतरायमा साइनो रेष्टुरेण्ट सन्चालन गर्दै आएका मोरङका सन्तोष खड्काको मृत्यु भएको हो ।

केही समयदेखि ज्वरो आएका कारण ६ मेका दिन आफैं हिँडेर उपचारका लागि चेरास अस्पताल पुगेका उनको आज (शनिबार) मृत्यु भएको जनप्रगतिशील मंच मलेसियाका अध्यक्ष प्रेम पाण्डेले संसारन्युजलाई जानकारी दिएका छन् ।

उनको मृत्यु डेंगु मलेरियाका कारण भएको अस्पतालले जानकारी दिएको छ ।

झण्डै ८ वर्षदेखि मलेसियामा रहँदै आएका खड्का रेष्टुरेण्ट व्यवसायका अलावा सेक्युरेटि इन्चार्जका रुपमा पनि काम गर्दथे ।

अन्दाजी ३५ वर्षे खड्काको मृत्युको खबर परिवारमा पुर्याइसकिएको र परिवारबाट कागजातहरु आएपछि शब नेपाल पठाइने पनि पाण्डेले बताए । हाल उनको शब अस्पतालमै राखिएको छ ।

वि.सं.२०७६ जेठ २५ शनिवार १७:०८ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...