back

धौलागिरीका श्रष्टाहरुको सम्मान गरिँदै

वि.सं.२०७६ जेठ २५ शनिवार

459 

shares


२५ जेठ, काठमाडौँ । धौलागिरी सांस्कृतिक समिति काठमाडौ नेपालले धौलागिरी क्षेत्रका श्रष्टाहरुको सम्मान गर्ने कार्यक्रम गर्दैछ ।

‘श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन’ भन्ने मुल नाराका साथ समितिले हाँस्यकलाकार कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्रर्सिद्द सदाबहार सङ्गीतकार शम्भुजित बास्कोटाको बिशेष आतिथ्यतामा कार्यक्रम हुने बताइएको छ ।

आउँदो असार १४ गते डेलिस ओपेरा ब्याङ्ग्केट बालुवाटार काठमाडौंमा श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुने अध्यक्ष कृष्ण समीप सुवेदीले बताए ।

उक्त कार्यक्रममा धौलागिरी क्षेत्रबाट लामो समय देखि नेपाली गीत सङ्गीतमा रही योगदान पुर्याएका कलाकारलाई सम्मान गरिने अध्यक्ष समिपले जानकारी दिए ।

यसबर्ष देखि समितिले हरेक बर्ष ‘धौलागिरी साधना सम्मान’ र ‘धौलागिरी युवा सम्मान’बाट कलाकारलाई सम्मानित गर्ने समितिले घोषणा गरेको पनि उनले बताए । यो बर्षको ‘धौलागिरी साधना सम्मान’का लागी गायक जीवन शर्मा, खड्ग गर्बुजा र बिमलराज क्षेत्रीलाई सम्मानित गरिने बताइएको छ भने ‘धौलागिरी युवा सम्मान’ बाट अहिलेको बहुचर्चित गीत सालको पातको तपरी हुनि गीतका लागि गायक कुलेन्द्र बिश्वकर्मा,सङ्गीतकार वसन्त थापा र गीतकार नबराज पन्तलाई सम्मानित गरिने जनाइएको छ । धौलागिरी क्षेत्र बाहिरबाट एक चर्चित कलाकारलाई ‘धौलागिरी राष्ट्रिय सम्मान’ र धौलागिरी क्षेत्र भित्रैबाट एक जनालाई ‘धौलागिरी बिशेष सम्मान’ प्रदान कार्यक्रम पनि छ भने कार्यक्रमको दिन नै उक्त सम्मानको घोषणा तथा बितरण हुने बताइएको छ। उक्त कार्यक्रममा सम्मान सङ्गै बहुचर्चित राष्ट्रिय कलाकारको प्रस्तुती रहने पनि जनाइएको छ।

धान दिवसको पुर्ब सन्ध्यामा हुन लागेको उक्त  अवसरमा प्रवेश निः शुल्क रहेको र उपस्थित हुने सबैलाई दहि चिउरा खुवाइने कार्यक्रम छ।

समाजले काठमाडौं बस्ने धौलागिरीबासी लगायत सबै सुबेच्छुक हरुलाई असार १४ गते १२.३० बजे डेलिश ओपेरा ब्याङ्क्वेट बालुलाटार काठमाडौंमा कार्यक्रम सभ्य र भब्य रुपमा सफल पार्न उपस्थितिको लागी अनुरोध गरेको छ ।

वि.सं.२०७६ जेठ २५ शनिवार १७:५४ मा प्रकाशित

Himalayan Life AD
दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी) । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल...

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा...

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा...

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म...

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको...