back

यो साता १७२ कम्पनीको ८३ लाख ६६ हजार २५५ कित्ता शेयर कारोवार

वि.सं.२०७६ जेठ २५ शनिवार

510 

shares

२५ जेठ, काठमाण्डौं । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ८३ लाख ६६ हजार २५५ कित्ता शेयर कारोवार भए ।

कारोवार मापक नेप्से परिसूचक २१ विन्दुले घटेको छ । साताको पहिलो दिन एक हजार ३०५.६८ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन एक हजार २८४।५९ बिन्दुमा झरेर बन्द भयो ।

साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । सो दिन नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अङ्कमा झ¥यो ।

स्टकका अनुसार सो दिन कूल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर रु ७५ करोड ३२ लाख ५७ हजार २०९ मूल्यमा खरीद बिक्री भए ।

यस्तै दोस्रो दिन, कारोवार मापक नेप्से परिसूचक १२।८४ बिन्दुले घटेर एक हजार २९२।८४ अङ्कमा झ¥यो ।एक हजार तीन सय बिन्दु माथि पुगेको बजार घटेर एक हजार दुई सयको बिन्दुमा झ¥यो । सो दिन कूल १७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता शेयर रु ६९ करोड ८७ लाख ३९ हजार ७०६ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको तेस्रो दिन पनि कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सो दिन मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अङ्कमा पुग्यो ।

स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर रु ७१ करोड ५४ लाख ७८ हजार ६१२ मूल्यमा खरीद बिक्री भए । बुधबार भने सार्वजनिक बिदा परेका कारण शेयर बजार पनि बन्द रह्यो ।

बिहीबार पनि कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । सो दिन नेप्से परिसूचक ४.६९ बिन्दुले घटेर एक हजार २८४.५९ अङ्कमा झ¥यो । सो दिन कूल १७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर रु ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा खरीद बिक्री भए ।

वि.सं.२०७६ जेठ २५ शनिवार १७:१६ मा प्रकाशित

Himalayan Life AD
राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका...

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई...

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...