
२६ जेठ, ककाठमाडौँ । नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागराण अभियान गुटगत स्वार्थको कारण प्रभाबकारी बन्न सकेन ।
पार्टीको शीर्ष नेतादेखि जिल्ला प्रतिनिधिसम्मको ध्यान आगामी महाधिवेशनमा केन्द्रित हुँदा पहिलो चरणको एकमहिने जागरण अभियान प्रभावकारी बन्न नसकेको हो ।
सांगठिनक संरचनाबिनै वैशाख २५ गतेबाट सुरु भएको अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रम शनिबार सकिए पनि त्यसमा पार्टी भन्दा बढी गुटगत स्वार्थ हाबी भएको पाइएको छ । कार्यक्रममा पुगेका नेतादेखि केन्द्रिय प्रतिनिधिसम्ममा देखिएको गुटगत स्वार्थकै कारण केही जिल्लामा समानान्तर कार्यक्रमसमेत भए भने केही जिल्लामा पहिल्यैदेखि रहेका आन्तरिक विवाद समाधान हुनुको सट्टा झन् बल्झिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा गणतन्त्र दिवसका अवसरमा आयोजित पार्टी सभापति विमलेन्द्र निधि नेतृत्वको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको अन्तक्र्रियामा रामचन्द्र पौडेल पक्षीय नेताहरू उपस्थित नै भएनन् ।
आइतबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ जेठ २६ आइतवार ०७:३५ मा प्रकाशित




























