
फोहोर बग्दाबग्दै तलतल पुग्छ । पोखराको जमिन केही भिरालो, भएकाले कुनै सडकका भल सेतीमा मिसिन्छ , कुनै फिर्के र बुलौँदी खोलामा । फिर्के र बुलौँदी खोला फेवातालमा मिसिन्छन् ।
यिनै दुई खोलाले फेवाताललाई प्रदुषित बनाएका छन् । सारङकोटको फेदीबाट सुरु हुने फिर्केखोला पोखराको मध्यभाग हुँदै फेवातालमा मिसिन्छ । खोला छेउमा घर हुने वडा नम्बर १८, २, ४, ५, ६, ७, ८ र १७ का स्थानीयले ढल मिसाउँछन् ।
आइतबारको कान्तिपुर दैनिक प्रत्रिकाबाट
वि.सं.२०७६ जेठ २६ आइतवार ०७:४७ मा प्रकाशित




























