२६ जेठ, काठमाडौँ । नेपालका ७७ वटा जिल्लामा २३ वटा देशका एनजीओले २५ अर्ब रूपैयाँ खर्चने भएका छन् ।
बेलायतले एक्सन एन्ड इन्टरनेसनल नेपाल एनजीओमार्फत गरिबी निवारणका लागि २४ जिल्लामा कार्यक्रम सचालन गर्दे आइरहेको छ । सो एनजीओले २०१६ देखि २०१९ सम्म वार्षिक ३३ करोड ७० लाख ७८ हजार रूपैयाँ खर्च गर्नेछ ।
फ्रान्सले नुवाकोट र रसुवामा एक्सन कोट्रेला एनजीओमार्फत वास परियोजनका लागि १० करोड ९९ लाख ३१ हजार रूपैयाँ यस वर्ष खर्च गर्ने भएको छ ।
आइतबारको राजधानी दैनिक पत्रिकाबाट
वि.सं.२०७६ जेठ २६ आइतवार ०७:५६ मा प्रकाशित




























