back

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर लीलामीमा

वि.सं.२०७६ जेठ २६ आइतवार

477 

shares

२६ जेठ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बिक्री नभएको हकप्रद २ लाख २१ हजार कित्ता शेयर लीलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले असार १ गते देखि त्यस्ता शेयर लीलामी गर्ने भएको हो ।

कम्पनीले २०७५ चैत २५ गतेदेखि २०७६ बैशाख २९ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रद शेयर दावी गर्न नआएका शेयरधनीको हिस्सा बापतको टेण्डरमार्फत लिलाम गर्न लागिएको हो । २ हजार ४ सय २० दशमलव ७० कित्ता संस्थापक शेयर र २ लाख १८ हजार ९३९ दशमलव ३ कित्ता जम्मा २२१३५९.७३ कित्ता सेयर बोलपत्रद्वारा बिक्री गर्न लागिएको हो । यस्ता शेयर किन्न इच्छुक व्यक्तिले असार ८ गतेसम्म बोलपत्र(टेण्डर) पेश सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिशेयर रु. १ सय तोकिएको हूँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

आवेदकले शेयर खरीदका लागि बोलकबोल पेश गर्दा संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सकिन्छ । अधिकतम शेयरका लागि कुनै हद लाग्ने छैन ।
बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ ।

वि.सं.२०७६ जेठ २६ आइतवार ०८:२८ मा प्रकाशित

Himalayan Life AD
राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

राष्ट्र बैंकले तीन अर्ब तीन करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका...

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई...

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

नेपाल बैंकको ८९औं वार्षिकोत्सव समारोह सम्पन्न

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...