
दिरुङ न.पा. ६, नेर्पा, खोटाङ घर भएका हाल पुरानो बानेश्वर बसोबास गर्ने बर्ष ४४ का भक्त गुरुङको उपचारका लागि आर सि सि अल कासिमले आर्थिक सहयोग गरेको छ ।
दुई बर्षदेखि दुइवटै मृगौला फेल भएको र आर्थिक अवस्था कमजोर हुँदा उपचारका लागि गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिम र अल वतानिय कम्पनीको संयुक्त सहयोगमा ४५,७६० रुपैयाँ (१५६१ रियल) आर्थिक सहयोग गरिएको हो ।
बिगत् १९ बर्षदेखि अल वतानिय कम्पनी अल कासिम साउदी अरबमा कार्यरत गुरुङ कर्मस्थान साउदीबाट गत १७ फेब्रअरी देखि बिरामी परेका थिए ।

हिमाल अस्पताल ज्ञानेश्वेरमा उपचारका क्रममा गुरुङको हप्ता हप्तामा डाइलोसिस गराउनु पर्ने र मृगौला प्रत्यारोपणको लागि झन्नै १८ लाख लाग्ने हुँदा र आफ्नो आर्थिक अवस्था कमजोरका कारण सहयोगको लागि गरिएको अपिलमा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमद्वारा १०९० साउदी रियल र ध्रुब कटुबाल,वीर बहादुर तामाङको संयोजकत्वमा अल वतानिय कम्पनी बाट ४७७ रियल उठेको थियो ।
यसै गरि आर सि सि अल कासिमले बिदेशमा मात्रै नभएर स्वदेशमा रहेका थुप्रै यस्ता पीडितहरुलाइ पनि सहयोग गरिरहेको छ । भने ४ महिना अगाडि मृगौला पीडित धादिङकी सीता श्रेष्ठलाई पनि उपचारका लागी आर सि सि अल कासिमले ५३,७६० रुपैयाँ (१८४३ रियल) आर्थिक सहयोग गरिएको थियो ।
वि.सं.२०७६ जेठ २६ आइतवार ०८:४० मा प्रकाशित



























