back

नाथे एक थान बधाई पनि दिन सकिएन !

वि.सं.२०७६ जेठ २६ आइतवार

612 

shares

 


बलराम तिमिल्सिना

 

साथीहरू मालामाल भैरहेका छन्
दुखको कुरा
ती कसैलाई बधाई दिन सकिएन !

राजनीतिको छिर्के दाउ लगाएर
असंख्य अग्रजलाई पछार्दै
एउटा साथी फ्याट्ट सिसिएम भयो
देशै भरिबाट बधाई ओइरिएको छ
साथी , साथीकी श्रीमती र परिवार
धमाधम उठाइरहेका छन
बधाईको बिस्कुन
साथीको जिन्दगीमा खुलेको
यत्रो वम्पर चिठ्ठामा
म पनि सामेल हुनु पर्ने हो
फूल माला अविर लिएर
म पनि पुग्नु पर्ने हो
उसको असामयिक दशैं आएको आँगनमा
अहँ त्यस्तो केही गर्न सकिएन
अरु त अरु भैगयो
एक थान बधाई पनि दिन सकिएन !

पोहोर साल कम्रेड बनेको
जय नेपाल मित्र
यही साल राजदूत बन्यो
उसको आँगनमा कत्रो भिड होला
उसको परिवारमा कत्रो खुसियाली होला
दशकौं बन्दूक बोक्ने योध्दाले
प्राप्त नगरेको बिजय
उसले एक जोर खुट्टा ढोगेरै प्राप्त गर्यो
उसको त्यो सिघ्र बिजयी क्षमतालाई
एक थान सलाम गर्नु पर्थ्यो होला
एउटा सानु मन्तव्य
दहाल वन्धुुबाट सिकौं भनेर
मैले पनि दिनु पर्थ्यो होला
दिनु पर्ने धेरै धेरै कुरा थिए होलान
अहँ केही पनि गर्न सकिएन
नाथे एक थान बधाई पनि दिन सकिएन !

हिजो
गोल्ड स्टार जुत्तामा छिरेको योध्दाले
खै के के कुरामा प्यार गर्यो
खै के के कुराको व्यापार गर्यो
आज सुनको दाम्लो भिरेर हिड्छ
आज स्कार्पियोमा हुइकिन्छ
कालो सिसा खोलेर कैले कैले
मेरो जिन्दगीलाई गिज्याउँछ
झोला भरि गाँठै गाँठ छ
अरवपतीहरूसँग साँठगाँठ छ
उसको यो तीब्र बर्गोत्थानमा
उसलाई नायक बनाएर
एउटा महाकाव्य कथ्नु पर्ने हो
त्यति पनि नसके
उसको तारिफले भरिएको
एक थान कविता त कोर्नु पर्ने हो
अहाँ केही गर्न सकिएन
उसको जिन्दगीमा आएको
सदावहार तिहारको खुसीयालीमा
एक थान बधाई पनि दिन सकिएन !

अनि बधाई दिऊँ भन्छु
मुख भरि थुक भरिन्छ
अर्को पटक फेरि सोच्छु
फेरि मुखमा खकार आउँछ
मुखमा जे आउँछ त्यही दिऊँ कि भन्छु
अहँ त्यस्तो आँट पनि गर्न सकिएन
कस्तो कन्चुस परियो
क्या मख्खीचुस परियो
आफ्नै साथीहरूको
यत्रो श्रीवृध्दिमा
एक थान बधाई पनि दिन सकिएन !

२०७६्/२/२६ गते

वि.सं.२०७६ जेठ २६ आइतवार १०:२२ मा प्रकाशित

Himalayan Life AD
गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

कविता : पराई भयो जो

कविता : पराई भयो जो

उत्तमकुमार पोखरेल सूर्यविनायक–३ , भक्तपुर प्रयोगी सबैको रतन्धो छ आँखा...

कविता : म आगो अब ओकल्छु

कविता : म आगो अब ओकल्छु

रामशरण न्यौपाने, भक्तपुर वीरताको कथा लेख्ने, छैन यौटा महारथी स्वर्थको...

कविता : आत्मगौरव

कविता : आत्मगौरव

सुशील रिजाल कीर्तिपुर, काठमाडौँ नसोध जिन्दगी तिमी कहाँ छ खासमा...

झिल्का कविता

झिल्का कविता

गुणनिधि घिमिरे पाँचथर, खान्द्रोङ्ग, हालः अमेरिका १. नाराबाजी साँझबिहान टर्दासम्म...

कविता : बन्ला र देश यसरी सब जङ्गिएमा

कविता : बन्ला र देश यसरी सब जङ्गिएमा

दीनानाथ पोख्रेल सुम्बेक, इलाम नपा–०२ , इलाम उल्टो हिँडेर कसरी...