२६ जेठ, काठमाडौँ । आजकल जे कुरा पनि सामाजिक सञ्चालमा ल्याउने प्रवृत्ति बढ्दो छ । अझ टिकटकको प्रयोग र दुरुपयोग गर्नेहरुको संख्या बढ्दै छ । तर सानो मजाक जिन्दगीको कति ठूलो दुर्घटना बन्छ भन्ने घटना कतारमा एक नेपालीले भोगेका छन् । यद्यपी उनलाई भाग्यले साथ दियो भन्न पर्दछ, उनको त्यो गल्तिलाई सुधार्ने मौका पाए ।
गैरआवासीय नेपाली संघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सामाजिक अभियान्ता सागर नेपालले फेसबुकबाट यो घटनाबारे शेयर गर्दै नेपालीहरुलाई सर्तक रहन अनुरोध गरेका छन् । लामो समय देखि कतारमा रहँदै आएका नेपालले सामाजिक सञ्जालमा उपयोगी जानकारी दिँदै आएका छन् । सुखद् भविष्यको सपना साँचेर विदेश पुगेका सबै नेपालीहरु यस्ता दुर्घटनाबाट सर्तक रहुन् भन्ने उद्देश्यले हाम्रा पाठकका जानकारीका लागि यहाँ स्थान दिएका छौँ ।
अभियन्ता सागर नेपालले फेसबुकमा लेखेका छन् :

सानो सानो मजाक पनि सजायको कारण बन्न सक्छ !!!
आधुनिक प्रबिधि हरुले हाम्रो मानव जिबन सारै सहज बनेको कुरालाइ नकार्न सकिदैन। अर्को सत्य के पनि हो भने प्रबिधी को सहि सदुपयोग नगर्दा कति पय घटनाहरु घटेको पनि नकार्न सकिँदैन।
आज बिहानै नचिनेको न। बाट फोन आयो, फोन गर्ने भाइ गोर्खा वासी रहेछन। (यो गन्थन उनलाइ सोधेरै लेख्दै छु तर उनको नाम नै लेख्न मन लागेन यहाँ) परिचय पछी उहाँको कम्पनीले कामबाट निकालेको र सकेसम्म काम गर्न चाहेको कुरा गर्नुभो र कम्पनीको म्यानेजर सुडानी हो र सम्पर्क न। पनि दिदै अनोरोध गर्नु भो कि मैले गल्ती गरेको छुइन , यकपटक कुरा गरिदिनुन भने। म जाबोले कुरा गरेर केहोला र भन्ने पनि सोछे र पनि सम्पर्क गरे। मैले फोन गरेर भेट्न अनुरोध गरे पछी Manager ले समय दियो। त्यहाँबाट निस्कियर यो गन्थन गर्दैछु।
कामबाट निकाल्नुको कारण सुन्दा अचम्मित भए। उनले EIDको यकदिन अगाडि अफिसबाट निस्कदै गर्दा टिक(टक बनायको रे जस्मा उनले “कम्पनीको दु:ख र अब ४ दिन को छुट्टीमा रक्सी पिइन्छ, तरुनी हेरिन्छ, मजा गरिन्छ” भनेर मजाक गरेका रहेछन। यो नेपाली मा बोलेको कुरा आफ्नै नेपाली साथिले English मा उल्था गरेर म्यानेजर लाई भनिदियको रहेछ। हामिले यस्तो कुरालाइ मजाक गर्छौ र मजाकमै लिन्छौ पनि तर सबैले मजाकमा नलिदो रहेछ र कामबाटै निकालिदो रहेछ, tore Keeper को काम, राम्रौ दाम पनि तर सानो मजाक ले यति ठुलो सजाय ……..???
म्यानेजर सङ राम्रै कुराभो, ब्याक्तिगत रूपमा राम्रो स्वाभाब को रेहेछन र मेरो कुरा समय दियर सुनिदिय। मेरो अनुरोध लाई मनन गर्नुभो र यकपटक लाई माफ पनि दिनुभो। उहाले धेरै कुरा सम्जाउनु पनि भो त्यो भाइलाई, नितान्त लेबर मा आयका रहेछ ६ बर्ष अघि र उनै म्यानेजरले मौका दियर यो पोस्ट मा आयर आफ्नो खुबी देखाउन पायको रहेछ भाइले।
यो भाइ केबल उधारण पात्र मात्त्र हुन, धेरै होलान यो र यो जस्तै सानो सानो कारण ले ठुलो ठुलो सजय भोग्न बिबस दाजु भाइ दिदी बैनीहरु। कृपया यस्तो कुराहरुमा होसियार रहुनु होला।
सबैको दिन शुभ होस !!!
वि.सं.२०७६ जेठ २६ आइतवार १२:४५ मा प्रकाशित


























