back

मन्त्रीहरु नै सरसफाइमा निस्केपछि….

वि.सं.२०७६ जेठ २६ आइतवार

567 

shares

२६ जेठ , काठमाडौँ । विश्व वातावरण दिवस २०१९ को अवसर पारेर ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवास परिसरको सरसफाइ गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आज बिहान मन्त्रीनिवास परिसर क्षेत्रको सरसफाइ गरिएको हो । पुल्चोकदेखि शुरु भएको सरसफाइ मन्त्री निवास पुगेर समापन भएको थियो ।

प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेतृत्व गरेकोे सरसफाइ कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल््सना, गृहमन्त्री रामबहादुर थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा युवराज खतिवडा सहभागी थिए । विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकोसमेत सरसफाइ अभियानमा सहभागिता रहेको थियो ।

विश्व वातावरण दिवसका अवसरमा यही जेठ २२ र २३ बाँकेको नेपालगञ्जमा वन मन्त्रालयले मूल कार्यक्रम आयोजना गरी सरोकारवालाको सहभागितामा वृहत अन्तक्र्रिया कार्यक्रम गरिएको थियो ।

वन मन्त्रालयले यो वर्ष ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध जनचेतनामूलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइरहेको छ ।

वि.सं.२०७६ जेठ २६ आइतवार १२:५८ मा प्रकाशित

Himalayan Life AD
मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...