back

अफगानिस्तानको फराहमा भिडन्त

वि.सं.२०७६ जेठ २६ आइतवार

573 

shares

२६ जेठ, फराह । अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकूहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् ।

प्रवक्ता मोहिबुल्लाह मोहिबका अनुसार शनिबार राति अनार डारा जिल्लाको जियारात अबगर्म गाउँमा गरिएको सेनाको कारबाहीमा ती लडाकू मारिएका हुन् । सैनिक कारबाहीमा अरु पाँच जना लडाकू घाइते भएका छन् ।

सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा सोधिएको एक प्रश्नमा प्रवक्ता मोहिबले सैनिक कारबाही जारी रहने स्पष्ट पारे ।
हिंसाबाट प्रताडित फराह प्रान्तमा तुलनात्मक रुपमा तालिबानी लडाकूको प्रभाव धेरै छ । उक्त घटनाका बारेमा तालिबानीका तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।

वि.सं.२०७६ जेठ २६ आइतवार १३:४२ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...