
मान्छेले शुद्धता खोजिरहेको हुन्छ । फलाममा मान्छेले शुद्धता खोजिरहेको हुँदैन । चौविस क्यारेट भनेर सुन र हिरामा खोजिन्छ, फलाममा होइन । मेरो सवालमा प्रश्न उठाउनेहरुले मलाई फलाममा होइन सुन र हिरामा खोजिरहनु भएको छ ।
नेपाल विद्युत प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्ग आमरुपमा चिनाइरहनु पर्ने नाम होइन । नेपालको विद्युत उत्पादन, बितरण र उपभोग देखी यसको गुणग्राही व्यवस्थापनमा घिसिङ्गको महत्वपूर्ण योगदान रहेको छ ।
पछिल्लो समयमा नेपाल विद्युत खपतमा क्रमशः आत्मनिर्भर बन्दै गइरहेको छ । केहि बर्षमै नेपालको प्रतिव्यक्ति विद्युत खपत दक्षिण एसियामै नम्वर वान हुने लक्षणहरु देखिइसकेका छन । विद्युत आयात प्रत्येक बर्ष घट्दो छ । यिनै विषय सहित पछिल्ला दिनहरुमा घिसिङ्गलाई विवादमा समेत तानिएको छ । आज हामिले नेपालको विद्युत विकास देखि घिसिङ्गका अप्ठ्यारा सपठ्याराहरु उनै कुलमान घिसिङ्गसँग कोट्याउने प्रयास गरेका छौ ।
विद्युतको क्षेत्रमा कसरी यति ठूलो तरक्की सम्भव भयो ?
नेपाली जनता लामो समयदेखि लोडसेडिङ्गले आक्रान्त थिए । यसबाट मुक्ती दिनु हाम्रो पहिलो कर्तब्य थियो । यसका लागि हामिले सुरुमा माग र आपूर्ति विश्लेषण गरयौ । यो क्याल्कुलेसन पछि भार ब्यवस्थापन गरयौ । यसको परीणाम सुखद् निस्कीयो, अहिले देशमा लोडसेडिङ्ग अन्त्य भएको छ । गरेको भए विगतमै गर्न सकिने काम थियो यो तर दुखका साथ भन्नुपर्छ विगतमा हामीले सहज रुपमा गर्न सकिने काम पनि गरेनौ ।
अहिले हामि तिनवटा काममा जुटेका छौ । पहिलो काम भरपर्दाे श्रोत ब्यवस्थापन हो । यसका लागि विद्युत उत्पादन, सवस्टेसन निमार्णमा हामी दत्तचित्त भएर लागेका छौँ । यसका साथसाथै हामी गुणस्तर र शुरक्षाको पनि भरपर्दो ब्यवस्थापन पनि उत्तिकै खटेका छौ ।
अहिले हाम्रो विद्युत उत्पादन र मागको अवस्था कस्तो छ ?
पछिल्लो समयमा हामी नेपालको विद्युतलाई एउटा सिस्टममा लैजाने प्रयासमा छौ । अहिले प्राधिकरण क्राइसिस म्यानेजमेन्टकै चरणमा छ । अझ यसरी भनौ डिमाण्ड र सप्लाइको म्यानेजमेन्टमै हामी छौँ । आजको मितिसम्म रिर्जभ मार्जिनको अभाव नै छ । आगामी बर्ष एक हजार मेगावाट बिजुली थप्दै छौँ । यस्तै तिन बर्षमा ३ हजार र पाँच बर्षमा ५ हजार मेगावाट बिजुली हाम्रो राष्ट्रीय ग्रिडमा थप्दै छौँ । तपाईलाई एउटा कुरा भनौ आउँदो बर्षबाट तपाईले प्रयोग गर्ने बिजुली हाम्रै उत्पादन हुनेछ ।
अहिले हाम्रो आपूर्ति र माग करीव एघार सय मेगावाट हो । यसमा ३ सय ५० मेगावाट आयात भएको छ । अरु हाम्रै उत्पादन हो । अर्को बर्षबाट आयातलाई पूर्ण प्रतिस्थापन गर्दै विद्युतमा आत्मनिर्भर बन्ने तयारीमा हामी लागेका छौ ।
आजको मितिसम्म रिर्जभ मार्जिनको अभाव नै छ । आगामी बर्ष एक हजार मेगावाट बिजुली थप्दै छौँ । यस्तै तिन बर्षमा ३ हजार र पाँच बर्षमा ५ हजार मेगावाट राष्ट्रीय बिजुली हाम्रो ग्रिडमा थप्दै छौँ । तपाईलाई एउटा कुरा भनौ आउँदो बर्षबाट तपाईले प्रयोग गर्ने बिजुली हाम्रै उत्पादन हुनेछ ।
पछिल्ला बर्षहरुमा बिजुली निर्यातका कुरा पनि उठेका छन्, बिजुली निर्यात गर्ने की उपभोग बढाउने तपाई के भन्नुहुन्छ ?
पक्कै, अहिले हामी निर्यातमा होइन उपभोगमै जोड दिने चरणमा छौ । प्रतिव्यक्ति विद्युत खपत बढ्नु भनेको समृद्धिको सुचक हो । अहिले हामी दक्षिण एसियामै प्रतिव्यक्ति बिजुली खपतमा पछाडीबाट दोश्रो स्थानमा छौ । यस्तो अवस्थामा बिजुली निर्यातभन्दा खपतमै जोडदिनु बुद्धिमानी हुन्छ ।
बिजुली खपत बढ्दा देशलाई बहुआयामिक फाइदा हुन्छ तर हामी निर्यात गर्नै हुन्न भन्दैनौँ । आवश्यकताका आधारमा बिजुली आयात र निर्यात हुन्छ । अहिले हाम्रो आवश्यकता खपत बढाउनु हो । उत्पादन बढ्दै जाँदा अहिले जसरी आयात गरेका छौ त्यसरी नै निर्यात गर्न सकिन्छ ।
कति युनिट बिजुली प्रति व्यक्ति खपत हुँदा त्यसलाई उच्च मानिन्छ ?
यो सापेक्षीक हुन्छ । बिकसीत देशहरुको प्रतिव्यक्ति खपत अधिकतम छ । अधिकतम खपत गर्ने नर्वे हो एशियामा चिन र जापानको पनि अधिकतम छ । यसलाई आधार मान्दा हाम्रो अवस्था चिन्ताजनक छ । नर्वेको प्रतिव्यक्ति विद्युत खपत २५ हजार किलोवाट छ भने नेपालको ५ सय किलोबाट मात्रै छ । यसकारण हामी आन्तरिक खपतको बृद्धि मै लाग्नुपर्छ भन्ने मेरो मान्यता हो ।
तपाईले प्राधिकरणको नेतृत्व सम्हालेपछि प्राधिकरणमा ब्यापक सुधार भएको छ, अब प्राधिकरणले स्मार्ट मिटरको ब्यवस्था गर्ने बेला भएन ?
एकदमै प्रासङ्गगिक कुरा उठाउनु भयो । हामीले काठमाण्डौँबाट पाइलट प्रोजेक्टको रुपमा स्मार्ट मिटरको ब्यवस्था गर्न थालेका छौ । स्मार्ट मिटर अबको हाम्रो आवस्यकता पनि हो । यसले ग्राहकलाई न्याय गर्छ भने प्राधिकरणलाई पारदर्शि बनाउँछ ।
केहि उद्योगमा त स्मार्ट मिटर शुरु भएको छ होइन र ? अनी यसले कसरी ग्राहकलाई न्याय गर्छ बताइदिनुहोस न ?
स्मार्ट मिटरले विद्युत खपतको टाइम वाउण्ड रिडिङ्ग गर्दछ । विद्युतको पनि समय अनुसार मुल्य निर्धारण गरिएको हुन्छ । पिक आवर र नर्मल आवरको मुल्य फरक हुन्छ । नर्मल आवरमा खपत गर्दा सस्तो पर्दछ, पिक आवरको मुल्य महङ्गो पर्दछ । कुरा रह्यो उद्योगको, उद्योगमा यस्तो टाइम बाउण्ड मेसिन पहिल्यै देखि सुरु भएको हो ।
प्रसङ्ग बदलौँ अहिले तपाईको नाममा अनेक बहस भइरहेका छन्, किन यस्तो ?
बिगतमा लामो समयसम्म लोडसेडिङ्गको नाउँमा अनेक तिरबाट बजार कब्जा गरेका व्यापारी तिनको चन्दामा चुनाव जितेको राजनैतिक नेतृत्व अहिले नकारामक चर्चामा रमाएको छ । मैले यसलाई सकारात्मक कोणबाटै बुझ्छु । मान्छेले शुद्धता खोजिरहेको हुन्छ । फलाममा मान्छेले शुद्धता खोजिरहेको हुँदैन । चौविस क्यारेट भनेर सुन र हिरामा खोजिन्छ, फलाममा होइन । मेरो सवालमा प्रश्न उठाउनेहरुले मलाई फलाममा होइन सुन र हिरामा खोजिरहनु भएको छ ।
वि.सं.२०७६ जेठ २६ आइतवार १५:२८ मा प्रकाशित