
गैरआवासीय नेपाली संघ चीनअन्तर्गत महिला फोरम गठन गरिएको छ । चीनमा रहेका महिला दिदीबैनीहरुको जुन ९ मा भएको भेलाले रन्जीता आचार्यको संयोजकतत्वमा ९ सदस्यीय महिला फोरम गठन गरेको हो ।
कमिटीमा सविता बर्तौला, रश्मि झा, मनिषा शर्मा, जुना ज्ञवाली, डा. करुणा राई, डा कृतिशा रजलवट, रक्षा संग्रौला, सेरिका सापकोटा कंडेल रहेका छन् भने सल्लाहकार समितिमा एनआरएनए आईसीसी सदस्य अमृता थापा र पूर्व महिला संयोजक खुशवु अग्रवाल रहेका छन् ।

एनआरएन चीनका अध्यक्ष सुदेव कुमार झाको प्रमुख आतिथ्यता रहेको उक्त भेलामा एनआरएनए हङकङ अध्यक्ष टिका गुरूङ र एनआरएनए मकाऊकी अध्यक्ष शान्ति अधिकारी बिषेश अथिती रहेका थिए ।
एशिया प्यासिपिक क्षेत्रीय महीला संयोजक जुनु गुरूङको पहलमा उक्त फोरम गठन गरिएको हो ।
चीनमा रहेका महिला दिदीबैनीहरुलाई एकजुट गराई नेपालमा पछ्डीएको वर्ग तथा बैदेशिक रोजगारीमा गएर फर्केका दिदिबैनीहरुलाई शिप मुलक तालिम दिलाई स्वदेशमा नै केहि गराउने उद्देस्यले फोरमको गठन गरिएको बताइएको छ ।
वि.सं.२०७६ जेठ २७ सोमवार १३:४४ मा प्रकाशित


























