back

दलित सञ्जाल रियादको अध्यक्षमा किशन विक

वि.सं.२०७६ जेठ २७ सोमवार

474 

shares

दलित एकता संजाल राष्ट्रिय समन्वय समिती साउदी अरबको क्षेत्रीय समिति रियादको तेस्रो अधिबेशन सम्पन्न भएको छ।

साउदी क्षेत्रीय समिती संयोजक किसन बिश्वकर्माको सभापतित्व र नेपाली दूतावास साउदीका राजदूत डा महेन्द्र सिंह राजपुतको प्रमुख आतिथ्यता रहेको सो अधिवेशनमा केन्द्रीय समिती अध्यक्ष रमेश लाम्गादे बिशेष अतिथि रहेका थिए ।

केन्द्रिय अध्यक्ष रमेश लाम्गादेले शुभकामना मन्तव्य राख्ने क्रममा छुवाछूत भारतबाट प्रबेश गरेको सामाजिक राजनीतिक, शैक्षिक, सांस्कृतिक आर्थिक, हिसाबले बन्चित गरिएको हुँदा सम्पुर्ण उत्पीडित दलित समुदायलाई एक ढिक्का पार्ने क्रममा दलित शब्द प्रयोग भएको बताए । उनले सचेत प्रगतिसील बिचार भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु एक हुन आग्रह समेत गरे ।

त्यसैगरी विभिन्न जिल्लाबासी सेवा समाज, महल प्रोडक्सनका प्रमुख ब्यक्तीहरु सहितको अतिथि आसन ग्रहण रहेको थियो। कार्यक्रम संचालक सन्जाल साउदी सचिब देबेन्द्र बिश्वकर्माको भूमिकामा विभिन्न साहित्य गजल, गित, कबिता सहितको सांस्कृतिक कार्यक्रम रहेको थियो।

“हामी सबै नेपाली हौँ नेपाली भएर जिउनु पर्छ। मानव भएर जातिको आधारमा छुवाछूत विभेद गर्नु सकारात्मक पक्ष नरहेको र हामी सबै छुवाछूत विभेद मुक्त समाज निर्माणमा लाग्नुपर्ने” भन्दै अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा उपस्थित कलाकार, कविहरुलार्इ आर्थिक सहित सम्मान पत्र र आर्थिक सहयोग गर्ने साथीहरू सस्थालार्इ प्रशंसापत्र प्रदान गरिएको थियो ।

किसान परियारले पहिलो सत्रको कार्यक्रम समापन गरेसँगै बन्द सत्र सुरु भएको थियो । बन्द सत्रले कार्यसमितीको निर्विरोध चयन गरेको थियो । नबनिर्बाचित कार्यसमितिलाई साउदी संजाल केन्द्र अध्यक्ष रमेश लामगादेले सपथ ग्रहण गराएका थिए ।
कार्यसमिति यसप्रकार रहेको छ :
१)अध्यक्ष – किशन बिश्वकर्मा
२) उपाध्यक्ष – प्रकाश बिश्वकर्मा
३) सचिब -भानुभक्त मोते
४) सहसचीव- मदन प्रोतेल
५) कोषाध्यक्ष – शम्शेर परियार
सदस्यहरु :
६) सरिता रसाइली
७) निरज बिश्वकर्मा
८) नरेश कुमार बिश्वकर्मा
९) प्रीत परियार
१०) केशब बिश्वकर्मा
११) अफिम बिश्वकर्मा
सल्लाहकार
१) रमेश लाम्गादे
२) देबेन्द्र बिश्वकर्मा
३) लोकेश बिश्वकर्मा
बाँकी रहेका पदपूति आगामी समिक्षा बैठकबाट गरिने बताइएको छ ।

वि.सं.२०७६ जेठ २७ सोमवार १५:२५ मा प्रकाशित

Himalayan Life AD
न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

  न्यूयोर्क – समाजसेवा र मानवीय सहयोगको सुन्दर उदाहरण प्रस्तुत...