
भारतका चर्चित अलराण्डरक्रिकेट खेलाडी युवराज सिंह yubraj singh ले क्रिकेटका सबै गतिबिधिबाट सन्यास लिएको घोषणा गरेका छन् ।
आज सोमबार (जुन १०) मा उनले क्रिकेट Cricket खेलका सबै गतिबिधिबाट सन्यास लिने घोषणा गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
३७ वर्षीय सिंहले मुम्बईमा एक पत्रकार सम्मेलन गरेर उक्त घोषणा गर्दै भने, ‘यो ठूलो उतार चढाव भरिएको सुन्दर कहानी हो, तर समाप्त गर्नुछ, यो जानका लागि सहि समय पनि हो ।’
उनले झण्डै २ दशकको क्रिकेट जीवनबाट सन्यास लिएको बताइएको छ ।
युवराजले सन् २००० मा केन्याको विरुद्ध डेब्यु गरेपछि ४० टेस्ट, ३०४ एक दिवसीय र ५८ टी–२८ खेलेका थिए । उनले भारतका लागि दुई ठूला जित दिलाएका थिए । २००७ मा वल्र्ड टी–२० र २०११ मा वल्र्ड कपमा पनि महत्वपूर्ण भूमिका निभाएका थिए ।
क्रिकेटमा अब्बल रहेका सिंहले लाखौं करोडौंको मन जितेका थिए । तर, यसक्रममा उनलाई क्यान्सर भयो । तर, उनले यसको उपचारपछि क्यान्सरलाई हराएर एकवर्षपछि क्रिेकेटमा फर्किएर राम्रो प्रदर्शन पनि गरेका थिए । क्यान्सरलाई परास्त गरेपछि उनले जीवनको नयाँ तरिकाबाट सुरुवाती गरेका छन् । उनी अहिले डाइट फिटेनशमा पनि बताइएको छ ।
वि.सं.२०७६ जेठ २७ सोमवार १७:३६ मा प्रकाशित


























