back

९ हजार १ सय ६१ पदपूर्ति अनिश्चित

वि.सं.२०७६ जेठ २८ मंगलवार

549 

shares

२८ जेठ काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन रद्द गर्न समान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई निर्देशन दिएको छ ।

आयोगले प्रकाशित गरेको विज्ञापन असमावेशी र संविधानको मर्म एवं भावनाविपरीत भएको ठहर गर्दै समितिले यस्तो निर्देशन दिएको हो । निर्देशनप्रति सत्तापक्षकै केही सांसदले असन्तुष्टि जनाएका छन् ।

तीनबुदे निर्देशनमा हाल संघको दरबन्दीमा रहेका फाजिल र पुलका कर्मचारीलाई स्थानीय तहमा काजमा खटाउन भनिएको छ । प्रदेश एवं स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गरी दरबन्दी सङ्ख्या यकिन गरी समानुपातिक र समावेशी सिद्घान्तको आधारमा निश्चित मापदण्ड बनाएर रिक्त पदमा करारबाट पूर्ति गर्न निर्देशन दिइएको छ ।

आयोगका विज्ञापन संविधानको भावना र मर्मअनुरुप नभएकाले रद्द गर्न निर्देशन दिइएको समिति सभापति शशि श्रेष्ठले जानकारी दिइन् । आयोगले जेठ १५ गते ५ सय १५ स्थानीय तहमा विभिन्न पदमा ९ हजार १ सय ६१ कर्मचारी मागेको थियो । मंगलबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ जेठ २८ मंगलवार ०७:२२ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...