२८ जेठ, काठमाडौँ । सत्तारुढ नेकपाका २१ केन्द्रीय सदस्यले गत मंसिरमा केन्द्रीय समितिको बैठक बोलाउन पार्टी अध्यक्षलाई ज्ञापनपत्र बुझाए । नीति निमार्णको केन्द्रीय थलो केन्द्रीय समितिको एक बर्षयता बैठक नबसेपछि उनीहरुले सामूहिक रुपमा लिखित ध्यानाकर्षण गराएका थिए ।
त्यसयता एकपटक स्थायी समति बैठक बसेपनि अहिलेसम्म केन्द्रीय समितिको बैठक बसेको छैन । पोलिटब्युरो गठन हुन सकेको छैन । नेताहरुको क्षमताअनुसारको जिम्मेवारी विवाद अझै जारी छ ।
केन्द्रीय नेताहरुको कार्यविभाजन दोहोरो जिम्मेवारी दिने–नदिने विवादमा अल्झिएको छ । एकता प्रक्रियाको गोलचक्करमे नेताहरले एक बर्ष बिताएका छन् । मंगलबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ जेठ २८ मंगलवार ०७:४६ मा प्रकाशित