२८ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाग्मती नदी नियन्त्रण योजनामा अनियमितता गर्ने दुईजना कर्मचारी र तीनजना ठेकेदारविरुद्घ विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अग्रिम भुत्तानी लिएर काम नगर्ने ठेकेदारसँग मिलेर कर्मचारीले ८५ लाख रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले सोमबार रौतहट र सर्लाहीमा सञ्चालित जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर ३ बाराका तत्कालीन कार्यालय प्रमुख हीरानन्द झा र तत्कालीन लेखा प्रमुख (लेखापाल) अरणकुमार राईविरुद्घ मुद्दा दायर गरेको हो ।
तीन ठेकेदारविरुद्घसमेत भष्टाचार मुद्दा दायर भएको छ । मंगलबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ २८ मंगलवार ०८:२० मा प्रकाशित




























