back

अझैँ छाउपडी हटेन, महिलाबालबालिका मर्कामा

वि.सं.२०७६ जेठ २८ मंगलवार

627 

shares

२८ जेठ, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा एक वर्षमा छाउपडीका कारण १६ महिला तथा बालबालिकाको मृत्यु भएको छ । अछाममा १३ र बाजुरामा तीनको मृत्यु भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख झङ्करबहादुर रावलले जानकारी दिए । छाउपडीले महिला र बालबालिका मर्कामा पर्दै आएका छन् ।

महिला तथा बालबालिका छाउगोठमा आगो तथा धुवाँले निस्सासिएर, सर्पले टोक्ने लगायतका कारणले मृत्यु भएको हो । मानव अधिकार उलङ्घन र जातीय छुवाछूत, भेदभाव तथा छाउपडी कायममै रहेको महिला अधिकारकर्मी तथा अधिवक्ता आरती जोशीले जानकारी गराइन् ।

चालू आर्थिक वर्षको हालसम्म मानव अधिकारसम्बन्धी २१ वटा उजुरी आयोगमा परेको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख रावलले जानकारी दिए । अधिकार र कानूनका बारेमा ग्रामीण क्षेत्रका नागरिकलाई जानकारी नहुनु र अदालत वा प्रशासनसम्म पुगे उजुरीकर्तालाई समाजले हेर्ने दृष्टिकोणफरक हुने भएकाले सर्वसाधारण उजुरी दिन डराउने उनको भनाइ थियो ।

समाजमा छाउपडी, छुवाछूत र भेदभाव, घरेलु हिंसाजस्ता घटना अझै बाहिर खुल्न नसकेको मानव अधिकार अभियन्ताको भनाइ छ । असह्य पीडा पाएपछि मात्रै केही घटना बाहिर वा अदालतसम्म पुग्ने गरेका अधिवक्ता युवराज जोशीले बताए । ग्रामीण भेगमा महिला तथा छुवाछूत र छाउपडीका कारण धेरैले हिंसाको शिकार हुनुपरेको अमरगढी–३ की दुर्गा पन्तले जानकारी गराइन् ।

वि.सं.२०७६ जेठ २८ मंगलवार १२:४७ मा प्रकाशित

Himalayan Life AD
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...