back

आँधीबाट आठको मृत्यु

वि.सं.२०७६ जेठ २८ मंगलवार

603 

shares

२८ जेठ, नयाँ दिल्ली । पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् । राज्यद्वारा सञ्चालित सञ्चार माध्यम अल इन्दिया रेडियो (एआरआइ) ले मङ्गलबार सो जानकारी दिएको छ ।

आँधी र चट्याङको सोमबार साँझ एक साथ आएको बताइएको छ । बिहार राज्यको गोपालगञ्जमा तीन,सिओहार एक, सितामार्हि एक र पूर्वी र पश्चिम चम्पारनमा एक, एकको जनाको मृत्यु भएको थियो । यी जिल्लाहरुमा नै अन्य ११ जना घाइते भएका समाचारमा जनाइएको थियो ।

भीषण रुपमा आएको आँधीको कारण कैयो रुखहरु ढलेको र धुलोसहितको यस आँधीको कारण विद्युत आपूर्तिमा आवरुद्व भएको बताइएको छ । भारतको उत्तर प्रदेश राज्यमा गत हप्ता आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण २६ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका थिए ।

सो आँधीबाट उत्तर प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका थिए । स्थानीय सञ्चार माध्यमका अनुसार चट्याङका साथै रुख र पर्खालहरु ढलेर मानिसको मृत्यु भएको थियो ।

वि.सं.२०७६ जेठ २८ मंगलवार १२:५५ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...