back

डुङ्गा दुर्घटनामा सात आप्रवासीको मृत्यु

वि.सं.२०७६ जेठ २८ मंगलवार

447 

shares
GLOBAL IME AD
NTC AD

२८ जेठ, एथेन्स ।  ग्रिकको लेस्बोस द्वीपमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको तटीय सुरक्षाकर्मीले जानकारी दिएका छन् । मारिएका व्यक्तिहरुमा चार महिला, एक पुरुष र दुई युवती छन् ।

खोजीका क्रममा यस दुर्घटनामा परेका अरु ५७ व्यक्तिलाई जीवितै उद्धार गरिएको तटीय सुरक्षाकर्मीले जानकारी दिएको छ ।
डुङ्गामा सवार आप्रवासी कुन देशका हुन् भन्ने प्रष्ट भइसकेको छैन ।

भूमध्यसागर पार गरेर युरोप पुग्ने क्रममा यस वर्षको शुरुदेखि हालसम्म ३०० भन्दा बढी शरणार्थी र आप्रवासीहरु मारिएका इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम)ले जनाएको छ ।ग्रिसले सन् २०१५ देखि हालसम्म ७० हजार सिरियाली शरणार्थीलाई शरण दिइसकेको र ती शरणार्थीहरु छिमेकमा पर्ने देश टर्की पार गर्दै त्यहाँ आइपुगेका हुन् ।

वि.सं.२०७६ जेठ २८ मंगलवार १५:१५ मा प्रकाशित

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

वाशिङ्गटन । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई...

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह

जकार्ता । दक्षिण-मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म...

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

रियो डि जेनेरो । ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको...

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

लन्डन । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बिहानै...

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

युक्रेनमा नयाँ आक्रमण भएपछि रुसले युद्धविराम अस्वीकार गरेको जेलेन्स्कीको आरोप

किएभ । युक्रेनले बुधबार रुसमाथि अमेरिका–समर्थित युद्धविराम प्रस्ताव प्रभावकारी रूपमा...