२९ जेठ , काठमाडौँ । सरकारले लोकसेवा आयोगको विज्ञापनलाई नरोक्ने संकेत गरेको छ । आयोगले संविधान र कानुनसम्मत आधारमा विज्ञापन आह्वान गरेको भन्दै सरकारले जारी भर्ना प्रक्रिया नरोक्ने संकेत गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवाको विज्ञापन संविधान र कानुन सम्मत भएकाले रोक्न नपर्ने बताए । सोमबार संसदको राज्यव्यवसथा तथा सुशासन समितिले लोकसेवाले आह्वान गरेको विज्ञापन संविधानविपरीत भएको भन्दै रद्द गर्न सरकार र लोकसेवालाई निर्देशन दिने निणर्य गरेको थियो ।
त्यसलगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार केही वरिष्ठ कानुनविद्हरुलाई बोलाएर छलफल गरेको छ । छलफलका क्रममा कानुनविद्हरुले संसदीय समितिले क्षेत्राधिकार बाहिर गएर विज्ञापन रद्दको निर्देशन दिएको भन्दै रोक्न नपर्ने सुझाव दिएका थिए ।
राज्यव्यवसथा समितिले संविधानको धारा २९३ मा टेकेर दिएको निर्देशन लोकसेवा आयोगले मान्न बाध्य नहुने कानुनविद्को सुझाव आएको मन्त्रालयका सचिव यादवप्साद कोइरालाले जानकारी दिए । बुधबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ जेठ २९ बुधवार ०७:२६ मा प्रकाशित