back
CTIZAN AD

लोकसेवाको विज्ञापन नरोकिने संकेत

वि.सं.२०७६ जेठ २९ बुधवार

630 

shares

२९ जेठ , काठमाडौँ । सरकारले लोकसेवा आयोगको विज्ञापनलाई नरोक्ने संकेत गरेको छ । आयोगले संविधान र कानुनसम्मत आधारमा विज्ञापन आह्वान गरेको भन्दै सरकारले जारी भर्ना प्रक्रिया नरोक्ने संकेत गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवाको विज्ञापन संविधान र कानुन सम्मत भएकाले रोक्न नपर्ने बताए । सोमबार संसदको राज्यव्यवसथा तथा सुशासन समितिले लोकसेवाले आह्वान गरेको विज्ञापन संविधानविपरीत भएको भन्दै रद्द गर्न सरकार र लोकसेवालाई निर्देशन दिने निणर्य गरेको थियो ।

त्यसलगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार केही वरिष्ठ कानुनविद्हरुलाई बोलाएर छलफल गरेको छ । छलफलका क्रममा कानुनविद्हरुले संसदीय समितिले क्षेत्राधिकार बाहिर गएर विज्ञापन रद्दको निर्देशन दिएको भन्दै रोक्न नपर्ने सुझाव दिएका थिए ।

राज्यव्यवसथा समितिले संविधानको धारा २९३ मा टेकेर दिएको निर्देशन लोकसेवा आयोगले मान्न बाध्य नहुने कानुनविद्को सुझाव आएको मन्त्रालयका सचिव यादवप्साद कोइरालाले जानकारी दिए । बुधबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ जेठ २९ बुधवार ०७:२६ मा प्रकाशित

Himalayan Life AD
प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

प्रहरी परिवारका ५९ विद्यार्थीलाई २ करोड ७१ लाखको छात्रवृत्ति

काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक स्तर...

प्रतिनिधिसभा निर्वाचनका लागि सबै मतपत्र छपाइ सम्पन्न

प्रतिनिधिसभा निर्वाचनका लागि सबै मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका...

मतपत्र छपाइ अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र

मतपत्र छपाइ अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र

भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा...

आजदेखि लागुहुनेगरि पेट्रोलियम पदार्थ मूल्य बढ्यो

आजदेखि लागुहुनेगरि पेट्रोलियम पदार्थ मूल्य बढ्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल...

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार...