
२९ जेठ, काठमाडौँ । प्रहरीमा क–कसका विरुद्घ उजुरी पर्लान् ? सामान्यता सबैको अनुमान हुन्छ चोर , फटाहा, डाँका, तस्कर तथा आपराधिक क्रियाकलापमा संलग्नविरुद्घ । तर, नेपालमा प्रहरीको एक तथ्यांक हेर्ने हो भने प्रहरीविरुद्घसमेत पनि उजुरी पर्ने गरेका पाइएको छ । प्रहरीकोे एक तथ्याङ्कले चालुआर्थिक वर्ष २०७५\७६ मा प्रहरीविरुद्घ नै १९९ वटा उजुरी दर्ता भएको देखाएको छ । नेपाल प्रहरीको उजुरी छानबिन शाखामा परेका निवेदनमध्ये चालू आर्थिक वर्षको हालसम्म प्रहरीसँग सम्बन्धित (प्रहरी विरुद्घ) मात्र १९९ वटा उजुरी दर्ता भएका हुन् । तीमध्ये ९२ वटा उजुरी फछ्यौट भइसकेका छन् भने १०७ वटा उजुरीउपर छानबिन चलिरहेको छ । बुधबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ जेठ २९ बुधवार ०७:३० मा प्रकाशित




























