२९ जेठ, काठमाडौँ । प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बादलुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्काे भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँसंरचना बनाउन ४० करोड लगानी हुनेछ । सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ । चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ । भवनको आर्किटेक्चर डिजाइन आजु डिजाइन कमपनीले गरेको छ भने स्ट्रक्चर डिजाइन क्राफ्ट डिजाइन कम्पनीले गरेको छ । सहरी विकासमन्त्री मोहम्मद इस्यिाक राईले नेपाली परमपरागत शैलीमा भवन निर्माणको तयारी गरेको बताए । बुधबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ २९ बुधवार ०७:४० मा प्रकाशित




























