
२९ जेठ काठमाडौं । शिक्षा मन्त्रालयले विदेश पढ्न जाने विद्यार्थीलाई रोकिएको भनिएको अध्यापन अनुमति पत्र (एनओसि) प्रकरणले नयाँ रुप लिने दखिएकोछ । शिक्षा मन्त्रालय मातहतको वैदेशिक अध्ययन अनुमति शाखाले हिजो मंगलबार एक सूचना जारी गर्दै विद्यालय तह कक्षा १२ उत्तिर्ण नगरेका विद्यार्थीहरुलाई वैदेशिक अध्ययन अनुमति पत्र जारी नगरिने जनाएको थियो । यो विषयले अध्ययनकोलागि अस्ट्रेलिया जापान लगायतका देशहरुमा जान तयारी गरीरहेका विद्यार्थी तथा शैक्षिक परामर्श दाताहरुमा एक किसिमको अन्यौलता नै छाएको थियो । यहि अन्यौलताका विच शैक्षिक परामर्शदाताहरुको साझा संस्था स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को टोलि त्यसका अध्यक्ष युवराज कटवालकोे नेतृत्वमा ज्ञापन पत्र बुझाउन एनओसि शाखाका प्रमुख महेश्वर शर्माको कार्यकक्ष केशरमहल पुग्यो र ज्ञापन पत्र बुझायो ।
शैक्षिक परामर्शदातहरुले भने सरकारले हठात ढंगले जापान अस्ट्रेलिया लगायत भाषा र डिप्लोमा कोर्ष पढाइ हुने ठाउँहरुलाई नै तरो बनाएर कक्षा ११ र १२ नै डिप्लोमा हो भन्ने ढंगले सूचना निकालेकोले यसलाई सच्चाउनु पर्ने बताए । स्मरणीय कुरा के छ भने जापान अष्ट्रेलिया लगायतका देशहरु डिप्लोमा तथा भाषा सिक्न जाने विद्यार्थीहरुको लागि राम्रो गन्तव्य मानिन्छन ।
खास भएको के हो त?
सरकारले मंगलबार एक सूचना प्रकाशित गरेर विद्यालय शिक्षा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि एनओसि जारी नगर्ने जानकारी गराएको छ । यस विषयमा एनओसि साखाका प्रमुख उपसचिव महेश्वर शर्माले पनि विद्यालय शिक्षाको लागि डिपेन्डेन्ट बाहेक एनओसि जारि गर्न नसकिने बताए । “कनुनले नै कक्षा १२ सम्म बिद्यालय शिक्षा भनेर स्थानीय तहलाई जिम्मेवारी दिई सकेको सन्दर्भमा हामीले केहि गर्न सक्दैनौं ” उपसचिव शर्माले भने “कक्षा १२ उत्तिर्ण भै प्रकृया पुरा गरेको विद्यार्थीलाई हामी रोक्दैनौं ।”
तर शैक्षिक परामर्शदात लगायत अन्य सरोकारवालाहरु यो कुरा मान्ने पक्षमा छैनन । शैक्षिक परामर्शदातहरुले भने सरकारले हठात ढंगले जापान अस्ट्रेलिया लगायत भाषा र डिप्लोमा कोर्ष पढाइ हुने ठाउँहरुलाई नै तरो बनाएर कक्षा ११ र १२ नै डिप्लोमा हो भन्ने ढंगले सूचना निकालेकोले यसलाई सच्चाउनु पर्ने बताए । स्मरणीय कुरा के छ भने जापान अष्ट्रेलिया लगायतका देशहरु डिप्लोमा तथा भाषा सिक्न जाने विद्यार्थीहरुको लागि राम्रो गन्तव्य मानिन्छन । यसका लागि विद्यार्थी र शैक्षिक परामर्शदाताहरुले ठूलो लगानी गरेका छन । कुनै कारणले अहिले यी गन्तव्यहरुमा जाने बिद्यार्थीहरुका माझमा भ्रम पर्न गयो भने ठूलो रकम डुब्ने चिन्ता शैक्षिक परामर्श दाताहरुमा देखिन गएकोले ओ अन्यौलतालाई चिर्न सम्बन्धित निकाय पहल गर्नुपर्ने जानकारहरु बताउँछन ।
मन्त्रालय नै अनविज्ञ
विद्यालय शिक्षा कक्षा १२ सम्मका विद्यार्थीको हकमा एनओसि जारि नगर्ने सूचना मन्त्रालयको निर्देसनमा जरि गरिएको एनओसि शाखाले बताइ रहँदा शिक्षा मन्त्रालय भने अनविज्ञ देखिएको छ । मन्त्रालयका सचिव र प्रबक्ता अहिले बिदेश भ्रमणमा छन भने मन्त्रिलाई थाहै नभएको शिक्षा मन्त्रिको सचिवालय स्रोतले जानकारी दिएको छ ।
एनओसिको विषयमा प्रमुख नै अनबिज्ञ
कुन बिद्यार्थीलाई कसरी एनओसि दिने भन्ने विषयमा एनओसि साखाका प्रमुख महेश्वर शर्मा नै अनबिज्ञ देखिएका छन । बिदेशि विश्व विद्यालयमा अध्ययन गर्न जाने बिद्यार्थीहरुले कहाँबाट समकक्षता लिने हो भन्ने कुरा नै उनलाई थाहा नभएको पाइयो । त्यति मात्र हैन विश्वका लगभग सबै देशहरुमा कक्षा १२ सम्म विद्यालय शिक्षा मानिन्छ । त्यसकारण डिपेन्डेन्सि बाहेक कक्षा १२ पास नगरिकन तथा सम्बन्धि मुलुकले तोकेको मापदण्ड पुरा नगरिकन अध्ययनको लागि कुनै पनि बिद्यार्थी बिदेश पढ्न जान नपाउने कुरा पनि शाखा प्रमुखलाई जानकारी नभएको पाईयो ।
किन निकालियो त सूचना
विद्यालय शिक्षा कक्षा १२ पास नगरेका बिद्यार्थीहरु अपवाद बाहेक कुनै पनि देशमा पढ्न जान नपाउने हुँदा हुदै पनि सूचनै निकालेर किन हंगामा मच्चाउन खोजियो यो कुरा नै रहस्यमय रहेको फेकनका अध्यक्ष युवराज कटवालले वताए । “जुन काम गर्नै नपर्ने हो त्यो गरेर सरकारले गडबडी गर्न खोजेको छ” कटवालले भने “सरकारले स्पस्ट पर्नु पर्छ नत्र हामी छोड्दैनौ” । तर एनओसि साखा भने मन्त्रालयले निर्देशन गरेर नै सूचना जारी गरिएको वताउँछ ।
वि.सं.२०७६ जेठ २९ बुधवार १८:४० मा प्रकाशित