
३० जेठ, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेशमा पढ्न जान अनुमति दिने भएको छ । एसइई गरेलगत्तै विद्यार्थी जापान, अष्ट्रेलिया,अमेरिका जाने क्रम बढेपछि मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो । ‘ उच्च शिक्षा पढ्न जाने विद्यार्थीलाई मात्र नो अब्जेक्सन लेटर दिने निर्णय गरिएको ’ मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका उपसचिव महेश्वर शर्माले बताए । १२ पास नगरी विद्यालय तहसरहको डिप्लोमा पढ्न जाने विद्यार्थीलाई अनुमति नदिइने उनले जनाए । बिहीबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ जेठ ३० बिहीवार ०७:३७ मा प्रकाशित