३० जेठ, काठमाडौँ । नेपाल कम्युष्स्टि पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापाको उपस्थिति बलियो बन्दै गएको छ । एकता प्रक्रिया टुंगिन लाग्दा पार्टीभित्र थापा समुहको निर्णायक उपस्थिति देखिएको हो । पार्टीभित्र रहेका केपी ओली, पुष्पकमल दाहाल, माधबकुमार नेपालसहितका गुटमध्ये थापाको गुट निर्णायक बनेको छ । थापा समूहबाट एक सचिवालय सदस्य, दुई स्थायी कमिटी सदस्यसहित ३७ केन्द्रय सदस्य छन् । तत्कालीन एमाले र माओबादी केन्द्रबीच एकीकरण हुँदादेखि नै थापाले आफ्नो समूहलाई बलियो बनाउँदै ल्याएका थिए ।
जनवर्गीय संगठनबीचको एकतामा पनि थापा समूहको उपस्थिति बलियो देखिएको छ भने प्रदेशमा सचिव र केही जिल्लामा अध्यक्षसमेत आफ्नो पक्षमा पार्न यो समूह सफल भएको छ । बिहीबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ जेठ ३० बिहीवार ०७:४७ मा प्रकाशित




























