back

मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु

वि.सं.२०७६ जेठ ३० बिहीवार

555 

shares

३० जेठ, सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नम्बरको मोटरसाइकल र ज २ प ७८८६ नंको मोटरसाइकल एकापसमा गए राति करीब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै मोटरसाइकल चालक हुन् ।

दुवै मोटरसाइकलमा चालकसहित तीन\तीन जना बसेका थिए । मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए । ना२५प ६९२२ नंको मोटसाइकल पछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी समान्य घाइते छन् । दुवैको स्थानीय अस्पतालमा उपचार गराई घर फर्केका छन भने ज२प ७८८६ नम्बरको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुवैलाई उपचारका लागि वीरगञ्ज अस्पताल सिफारिस गरिएको छ भने मृतकको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ ।

पोखरीमा युवकको शव फेला
सर्लाही सदरमुकाम मलङ्गवाको बजार क्षेत्रमा रहेको जनसागर पोखरीमा एक युवाको शव फेला परेको छ । फेला परेको शव मलङ्गवा नगरपालिका–४ बस्ने ३० वर्षीय रवि मेस्तर रहेको छ । ना२ह १२२३ नंको टेम्पोसहित उनको शव पोखरीमा फेला परेको हो ।

मृतकको शरीरभरि गहिरो घाउ देखिएकाले उनलाई कसैले हत्या गरेर पोखरीमा फालेको हुनसक्ने स्थानीयवासीको अनुमान छ । शव परीक्षणपछि मात्र घटनाबारेमा केही भन्न सकिने सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब राठोरले बताए । मृतक मेस्तरलाई अन्य ठाउँमा हत्या गरेर टेम्पोमा राखेर पोखरीमा टेम्पोसहित फालेको हुनसक्ने स्थानीयवासीको भनाइ छ ।

मृतक मेस्तर मलङ्गवा नगरपालिकामा सरसफाइ गर्ने कर्मचारीको रुपमा काम गर्दै आएका थिए । शवसँगै पानीमा फेला परेको टेम्पो मृतकका आफ्नै काका मिश्रीलाल मेस्तरको रहेको र उनी अहिले सम्पर्कविहीन रहेको प्रहरी नायब उपरीक्षक राठोरले जानकारी दिए । पोखरीमा टेम्पो खसेको अवाज सुनेर राति करीब ११ः३० बजे नै मृतकको शव स्थानीयवासीले निकालेका थिए भने टेम्पो आज बिहान प्रहरीले डोजरको सहयोगले निकालको छ । शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ

वि.सं.२०७६ जेठ ३० बिहीवार ०९:५० मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...