
३० जेठ, अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाले जुन १५ मा गरिने जागरण अभियान स्थगित भएको जनाएको छ ।
जनसम्पर्क समितिका कार्यवाहक एवं संस्थापक उपसभापति धर्मराज श्रेष्ठको अध्यक्षतामा जुन १२ मा बसेको बैठकले आगामी १५ जुनका दिन अमेरिकाको तीनवटा सहरमा गरिने भनिएको जागरण अभियान हाललाई स्थगित गरिएको बताइएको छ ।
‘समितिले तय गरेको कार्यक्रमलाई व्यवस्थित गर्न केन्द्रीय प्रतिनिधि समेत खटाई, यही जुन १५ तारिखमा अमेरिकामा हुने राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई सफल बनाउँन आवश्यक सम्पूर्ण तयारी भैसकेको अवस्थामा संस्थाका सभापति एवं पार्टीका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टकी ममतामयी आमाको हिज मंगलवार जुन ११ मा निधन भएको छ । संस्थाको सभापतिलाई परेको शोकको यो दुःखद घडीमा समितिद्वारा आयोजित जागरण अभियान कार्यक्रम संचालन गर्न उचित नहुने भएकोले समितिको पूर्व घोषित अमेरिकाको जुन १५मा हुने तिनवटै क्षेत्रको जागरण अभियान कार्यक्रम हाललाई स्थगन गरिएको छ ।’ नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति जस्ताको तस्तै
‘जागरण अभियान स्थगित गरिएको सम्बन्धमा ।
उक्त सम्बन्धमा, नेपाली जनसम्पर्क समिति अमेरिकाको आज जुन १२, बुधवार २०१९ का दिन कार्यवाहक सभापति एवं संस्थाको उपसभापति धर्मराज श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक कन्फरेन्स बैठकले समितिद्वारा आयोजित यही जुन १५ तारिख २०१९ शनिवारका दिन अमेरिकाको तिनवटा शहरमा एकैपटक हुने क्षेत्रिय स्तरको निर्धारित राष्ट्रिय जागरण अभियान कार्यक्रम हाललाई स्थगित गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत सबैलाई जानकारी गराउँदछु ।
नेपाली काँग्रेस पार्टीको निर्देशनमा, समितिको गत मे २९ तारिख २०१९ बुधवार दिन बसेको बैठकको निर्णय अनुसार, अमेरिकाको पूर्व क्षेत्रको जागरण अभियान न्यूयोर्क शहरमा, दक्षिण भेगको अष्टिनमा र पश्चिम क्षेत्रको सन् फ्रान्सिस्को शहरमा एउटै मिति जुन १५ तारिखमा हुने गरी तय भएको कुरा पनि सबैलाई अवगत गराउँदछु ।
यसरी समितिले तय गरेको कार्यक्रमलाई व्यवस्थित गर्न केन्द्रीय प्रतिनिधि समेत खटाई, यही जुन १५ तारिखमा अमेरिकामा हुने राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई सफल बनाउँन आवश्यक सम्पूर्ण तयारी भैसकेको अवस्थामा संस्थाका सभापति एवं पार्टीका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टकी ममतामयी आमाको हिज मंगलवार जुन ११ मा निधन भएको छ । संस्थाको सभापतिलाई परेको शोकको यो दुस्खद घडीमा समितिद्वारा आयोजित जागरण अभियान कार्यक्रम संचालन गर्न उचित नहुने भएकोले समितिको पूर्व घोषित अमेरिकाको जुन १५मा हुने तिनवटै क्षेत्रको जागरण अभियान कार्यक्रम हाललाई स्थगन गरिएको छ । स्थगित यो कार्यक्रम पार्टीसँग समन्वय गरी सभापति बिष्ट अमेरिका फर्केपछि पुनस् बैठकबसी आयोजना गरिने कुराको जानकारी समेत यहाँहरू सबैलाई विज्ञप्ति मार्फत गराउँदछु । यसबाट पर्न गएको असुविधाका लागि सम्बन्धित सम्पूर्ण प्रति क्षमा प्रार्थी छु ।
अन्तमा सभापति बिष्टलाई परेको मातृवियोगको पीडाप्रति गहिरो दुस्ख व्यक्त गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’
धन्यवाद , जय नेपाल
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका
वि.सं.२०७६ जेठ ३० बिहीवार ०९:४८ मा प्रकाशित