back

दुर्घटनामा सैनिकको मृत्यु

वि.सं.२०७६ जेठ ३० बिहीवार

504 

shares

३० जेठ, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकै गए राति भएको सवारी दुर्घटनामा घाइते भएका सैनिकको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका ३० वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँ ल्याइएको र सोही क्रममा उनको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

वि.सं.२०७६ जेठ ३० बिहीवार १२:५७ मा प्रकाशित

Himalayan Life AD
सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

सर्पको टोकाईबाट २५ वर्षीया महिलाको मृत्यु

दमक (झापा)। सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको...

महोत्तरीका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने

महोत्तरीका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने

जलेश्वर (महोत्तरी) । भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको...

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको...

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ । मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका...

यसरी हुनसक्छ युवा व्यवस्थापन

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लार्ई युवा वर्ष घोषणा...