back

क्रिकेट प्रेमीहरुले खानुहोस् यस्ता खानेकुरा

वि.सं.२०७६ जेठ ३० बिहीवार

786 

shares

इङल्याण्ड र आयरल्याण्डको वेल्समा विश्कप क्रिकेटको आयोजना भइरहेको छ । क्रिेकेटप्रेमीहरु साथीभाइहरुसँग बसेर रमाइलो गर्दै क्रिेकेटपनि हेर्नुभएको होला । तर, क्रिकेट हेरिरँदा ध्यान त्यतै मात्र हुने भएकोले आफूले के खाइरहेको छु भन्ने पनि पत्तो नहुने अवस्था आउछ या कतिपटक त तपाईलाई क्रिेकेट हेर्दा के खाएँ भन्ने सम्झना पनि आउँदैन होला ! यत्ति मात्र याद हुन्छ होला जे खाएपनि पेट त भरियो । तर, त्यस्ले तपाइको स्वास्थ्यमा असर पारिरहेको हुन्छ । स्वास्थ्य विज्ञहरुका अनुसार खाना खाँदै टिभी हेर्नु स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छ । त्यसकारण पनि तपाईको खानामा स्वस्थ्य खाना समावेश हुनैपर्छ ।

आउनुहोस् जानौं क्रिेकेट हेर्दा खानका लागि कस्ता खाना स्वस्थ्यकर हुन्छन् त ?

मम – मम सबैको प्रिय खानानै मानिन्छ । मम देख्दा मुख नरसाउने मानिस पनि कमै होलान् । तर, ममलाई बाहिरबाट ल्याएर भन्दा घरमै बनाएर खाँदा उत्तम हुन्छ । जसलाई मैदा भन्दा पनि आटामा बनाउन सकिन्छ । अझ त्यसमा मासु भन्दा पनि मनपर्ने हरियो तरकारी, पनिर लगायतको किमा बनाएर खान सकिन्छ ।

पास्ता-त्यस्तै धेरै मानिसको रोजाइ रहेको मनपर्ने खाना पास्ता पनि खान सक्नुहुन्छ । भेजिटेवल पास्तामा फ्याट पनि कम हुने भएकोले हरियो तरकारीहरु समावेश गरेर बनाउन सकिन्छ ।

बदाम–क्रिकेट हेर्ने क्रममा साथीहरुसँग बसेर बदाम पनि खान सकिन्छ । बदाममा आइरन, नियासिन, फलोट, क्याल्शियम र जिंक फाइन्छ । साथै यसलाई प्रोटिनको राम्रो श्रोत पनि मानिन्छ । तर, एकैदिन धेरै बदाम खाने बानी हानिकारक हुन सक्छ । बदामसँग अरु कुनै स्न्याक्स पनि लिन सक्नुहुन्छ ।


अन्डाको भुजिया-अन्डाको भुजिया पनि राम्रो मानिन्छ । यो हल्का र प्रोटिनयुक्त खाना हो । अन्डामा धेरै पोषकतत्व हुने हुनाले यो शरीरका लागि धेरै फाइदाजनक पनि हुन्छ । भुजिया बनाउनका लागि प्याज, खुर्सानी, हरियो प्याजको पात, धनिया तथा मनपरेको तरकारी सानो–सानो पिस काटेर मिसाएर खान सकिन्छ । अन्डालाई तावामा फ्राइगर्ने क्रममा सानो–सानो पिस बनाउने र स्वाद अनुसार नुन र पहिले तयार पारेको भेजिटेवलमा मिसाएर खान सकिन्छ ।


कागती पानी-किक्रेट हेर्न बस्दा धेरै मानिसहरु रमाइलोको लागि वियर या कोल्ड ड्रिंक्सहरु खाइरहेका हुन्छन् । क्रिेटमा भएको जित हारका क्रममा मन स्थिर हुने र के खाएको छु भनेर सम्झना नहुँदा त्यस्ता पेय पर्दाथमा भएको चिनीले स्वास्थ्यलाई असर गर्दछ । यदि तपाई घरमै कागती पानी बनाएर बिरेनुन र भुटेको जिरा मिसाएर खान सकिन्छ । यसले तपाईको वजन पनि कन्ट्रोल गर्दछ ।


फ्रुुट सलाद-फ्रुट सलादलाई हल्का खानाको रुपमा लिइन्छ । यो स्वास्थ्यका लागि पनि अत्यन्तै फाइदाजनक मानिन्छ । फलफूलमा चिनी हुनाले यो खाँदा ब्लड सुगरको लेवल बढ्दैन । साथै फलमा फाइबर पनि हुने भएकाले पेट भरिने र वजन घटाउन पनि सहयोग गर्दछ । तपाईलाई मन परेका फलफूल स–सानो पिस बनाएर चाट मसला राखेर खान सकिन्छ ।

वि.सं.२०७६ जेठ ३० बिहीवार १५:११ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...