back

स्थानीय तहमा अझै २५ हजार कर्मचारी आवश्यक

वि.सं.२०७६ जेठ ३० बिहीवार

498 

shares

३० जेठ । सङ्घीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अझै २५ हजार कर्मचारीको रिक्त रहेकाले चाँडै पदपूर्ति गर्ने जनाएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता भुपाल बरालले सबै स्थानीय तहका लागि ६७ हजार कर्मचारीको दरबन्दीमा समायोजन गर्दा ४२ हजार मात्र पठाइसकेकाले अझै पनि २५ हजार कर्मचारी दरबन्दी रिक्त रहेको बताए । उनले मन्त्रालयमा दैनिकरुपमा स्थानीय तहका प्रमुख कर्मचारी चाहियो भनेर आउने गरेकोसमेत बताए ।

“हामीलाई कर्मचारी अपुग भयो । जनताका काम गर्न पाएनौँ । कर्मचारी चाहियो भनेर दैनिकरुपमा स्थानीय तहका प्रमुख आउने गरेका छन्”, उनले भने, “शीघ्र स्थानीय तहमा कर्मचारी पदपूर्ति भई त्यहाँका सेवा दु्रत गतिमा बढाउनुपर्ने हाम्रो प्राथमिकता रहेको विषय हो । त्यसैले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि विज्ञापन गर्न लोकसेवा आयोगलाई आग्रह गरेका हौँ ।”

उनले कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ मा प्रदेश लोकसेवा आयोग गठन नभएसम्म लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी पदपूर्ति गर्न पाउने कानून व्यवस्थाअनुसार नै स्थानीय तहबाट माग गरिएका दरबन्दीको आधारमा आयोगलाई विज्ञापन गर्न भनेको जानकारी दिए । प्रवक्ता बरालले आफूहरुले स्थानीय तहबाट सङ्कलन गरिएका रिक्त दरबन्दी आयोगलाई पठाइदिएको र आयोगले पनि प्रदेश र स्थानीय तह सञ्चालन सेवा ऐन बनिनसकेकाले पुरानै कानूनअनुसार नै समावेशी छुट्टाइएको बताए ।

“अहिले विज्ञापनमा समावेशीका कुरालाई मुद्दा बनाइएको छ”, उनले भने, “प्रदेश र स्थानीय तह सञ्चालन ऐन बनिनसकेकाले पुरानै निजामती कर्मचारी ऐनको आधारमा समावेशी छुट्याइएको हो ।” पत्रकार सम्मेलनमा प्रवक्ता बरालले राज्यव्यवस्था तथा सुशासन समितिको विज्ञापन रोक्नका लागि गरिएको निर्देशन मन्त्रालयमा पत्र प्राप्त भइसकेको जानकारी दिए ।

गत सोमबार राज्यव्यवस्था तथा सुशासन समितिले ५१५ स्थानीय तहका लागि खोलिएको नौ हजार १६१ पदको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो । अहिलेसम्म करीब ९५ हजार परीक्षार्थीले आवेदन फाराम भरिसकेका छन् ।

वि.सं.२०७६ जेठ ३० बिहीवार २०:१७ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...