back

अझै लम्बिने भयो देशको नामाकरण र स्थायी केन्द्र

वि.सं.२०७६ जेठ ३० बिहीवार

429 

shares

सुझाव सङ्कलनपश्चात् भूगोल, मौसम, वातावरण तथा सांस्कृतिक एवं सुरक्षाविद्सँग राय लिएर प्रतिवेदन पेश गर्न विशेष समितिले छ महीना समय माग गरेकाले म्याद थप गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

३० जेठ । प्रदेश नं ५ को नामकरण र स्थायी केन्द्र तोक्ने विषय अझै लम्बिने भएको छ । प्रदेशसभाको आज बसेको बैठकले प्रदेशको नामकरण र स्थायी केन्द्रका लागि सिफारिस गर्न गठित विशेष समितिको म्याद थप गर्ने निर्णय गरेको छ ।

यसले गर्दा प्रदेशको नामकरण र स्थायी केन्द्रको टुङ्गो लगाउने समय लम्बिने भएको हो । प्रदेशसभाको आज बसेको बैठकले विशेष समितिको म्याद छ महीना थप गर्ने निर्णय गरेको हो । समितिको म्याद यसअघि दुई पटक तीन तीन महीना थप गरिएको थियो ।

प्रदेश नं ५ को नामकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि प्रदेशसभा नियमावली २०७४ को नियम १५२ बमोजिम प्रदेशसभाले विशेष समिति बनाएको थियो । प्रदेशको स्थायी राजधानी र नाम सिफारिस गर्न गठन भएको उक्त समितिले प्रदेशका १२ वटै जिल्लामा पुगी सुझाव सङ्कलन गरेको छ ।

सुझाव सङ्कलनपश्चात् भूगोल, मौसम, वातावरण तथा सांस्कृतिक एवं सुरक्षाविद्सँग राय लिएर प्रतिवेदन पेश गर्न विशेष समितिले छ महीना समय माग गरेकाले म्याद थप गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

प्रदेशसभा बैठकको विशेष समयमा प्रदेशसभा सदस्यले सरकारले असार १ गते ल्याउने बजेट जनमुखी हुनुपर्नेमा जोड दिए । यस्तै विपक्षी दलका सदस्यले जनताको प्रतिनिधित्व गर्ने मुख्य थलो संसद् भएकाले प्रदेशको बजेटमा सदस्यको भनाइको सम्बोधन हुनुपर्ने माग गरे ।

प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले जनताका आकांक्षा पूरा गर्न जनताको प्रतिनिधिले बुझ्ने भएकाले बजेटको व्यवस्था गर्नुपर्ने बताए । उनले सरकारले बजेट निर्माण गर्दा विपक्षीको समेत सुझाव लिएर सबैले अपनत्व अनुभूत गर्न पाउने धारणा राखे ।

प्रदेशसभा सदस्य दिनेश पन्थीले सङ्घीय सरकारको बजेट नयाँ आर्थिक वर्षबाट मात्र लागू हुने भए पनि बजारमा मूल्यवृद्धि अनियन्त्रित ढङ्गले बढेको भन्दै प्रदेश सरकारले यसमा ध्यान दिनुपर्ने बताए । प्रदेशसभा सदस्य चेतनारायण आचार्य, विजयबहादुर यादव, दिपेश थारू, अष्ठभुजा पाठक, तुल्सी चौधरीलगायतले समसामयिक विषयमा धारणा राखेका थिए ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गरेका थिए भने सभामुख घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएर आएका विधेयकको बारेमा जानकारी गराएका थिए । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

वि.सं.२०७६ जेठ ३० बिहीवार २०:३८ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...