३१ जेठ, काठमाडौँ । सरकारले सार्वजनिक यातयातको भाडा २० प्रतिशतसम्म वद्धि गरेको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा न्यूनतम १२ देखि अधिकतम २० प्रतिशतसम्म सवारी भाडा बढाएको हो तर, भाडा बढाएको ५ घन्टा नबित्दै सरकारले हस्तक्षेप गरी तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ । भाडा बढाउने निर्णय यातायात व्यवस्था विभागले गरेको थियो भने प्रधानमन्त्री कार्यालयले फिर्ता लिन निर्देशन दिएको हो ।
यसअघि विभागका महानिर्देशक कुमारप्रसाद दाहालको संयोजकत्वमा बिहीबार बिहान बसेको बैठकले देशेभर लागू हुनेगरी भाडादर वुद्धि गर्ने निर्णय गरेको हो । यातायात व्यवसायी, ट्राफिक, उपभोक्ताकर्मीको उपस्थितिमा भाडादर वृद्धि गर्ने निर्णय गरिएको हो । असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ देखि २० प्रतिशतसमम वृद्धि गरिएको विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए । शुक्रबारको कारोबार दैनिकबाट
वि.सं.२०७६ जेठ ३१ शुक्रवार ०८:०९ मा प्रकाशित