३१ जेठ, काठमाडौँ । सुनसरीको धरानमा डेढ सातादेखि फैलिएको डेंगु नियन्त्रणबाहिर गएको छ । सुनसरीको इनरुवा र इटहरी हुँदै मोरङको विराटनगर र झापाको दमकसमम डेंगु फैलिएको पुष्टि भएको छ ।
सुनसरीमा चारसय १५ व्यक्तिमा संक्रमण देखिएकोमा पछिल्लो तीन दिनमा झापामा आठ र विराटनगरमा सातजनामा डेंगु देखिएको छ । पानीको हाहाकार रहेका धरानमा स्थानीयले भाँडामा संकलित पानी फाल्न नमान्दा डेंगु नियन्त्रण गर्ने प्रयास सफल हुन नसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । शुक्रबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ ३१ शुक्रवार ०८:१८ मा प्रकाशित