
३१ जेठ, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेतृत्वले अन्तराष्ट्रिय उडानका जहाज पनि नियतवस पूर्ण क्षमतामा नउडाएको खुलेको छ । निगमले अन्तराष्ट्रिय उडान गरिरहेका सेक्टरमा जानाजान उडान कटौती मात्र गरेको छैन, जापान र कोरियामा हुने भनिएको उडान नियतवश ढिला गरेको देखिन्छ ।
जेट एयरवेज ग्राउन्डेड हुँदा नेपाल एयरलायन्सलाई भारतमा उडान थप्ने अवसर थियो । तर, त्यो अवसर सदुप्रयोग गर्नुको साटो जहाजलाई आधा क्षमाता मात्रै चलाएर बाँकी समय थन्काएर राखिएको छ ।‘ निगमका जहाज नियतवस ग्राउन्डेड गरेर भाडामा निजी जहाज कम्पनीलाई दिने कुत्सित उद्देश्यले काम भइरहेको छ ,’ एक स्रोतले नयाँ पत्रिकालाई बतायो । दैनिक १८ घन्टा उड्न सक्ने वाइडबडी जहाज हाल नौ घन्टा मात्रै उडिरहेको छ भने १६ घन्टा उड्ने सक्ने न्यारोबडी जहाज नौ घन्टा १५ मिनेट मात्रै उडिरहेका छन् । शुक्रबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ ३१ शुक्रवार ०८:३६ मा प्रकाशित