back

हत्याको आरोपमा पक्राउ

वि.सं.२०७६ जेठ ३१ शुक्रवार

564 

shares

३१ जेठ, स्याङ्जा । हत्या गरेको आरोपमा प्रहरीले रूपन्देही देवदह–१० घर भई हाल भीरकोट नगरपालिका–१ बस्ने लेखबहादुर सूर्यवंशीलाई पक्राउ गरेको छ । जेठ २७ गते पुतलीबजार नगरपालिका–१३ का ५५ वर्षीय राजेश अधिकारीको शव भीरकोट नगरपालिका–१ स्थित मुल्की चौपारीमा भेटिएको थियो । अधिकारीलाई मृतावस्थामा भेटेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालसहितको टोलीले घटनाका बारेमा अनुसन्धान थालेको थियो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको तालीमप्राप्त कुकुरको सङ्केतको आधारमा अनुसन्धान गर्दै जाने क्रममा जेठ २६ गते राति राजेश अधिकारीले काम गरेको पैसा माग्दै तथानाम गाली गरेको र आफ्नो आत्मसम्मानमा चोट पु¥याएको भन्दै हथौडा र काठको चिर्पट प्रहार गरी घाइते बनाएर छोडेकाले अधिकारीको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । हत्या आरोपमा पक्राउ परेका सूर्यवंशीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानकार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।

मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालयले विशेष सूचनाको आधारमा अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट अवैध घरेलु मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ ।
बिहीबार विशेष जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी दहथुमबाट संयुक्तरूपमा खटिएको प्रहरी अधिकृतसहितको टोलीले पुतलीबजार नगरपालिका–१३, भीरकोट नगरपालिका १ र ६ का विभिन्न स्थानमा घरेलु मदिरा एवं मदिरा बनाउने कच्चा पदार्थसमेत बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी नवीनकृष्ण भण्डारीले जानकारी दिए । दुई सय ५० लिटर तयारी र एक हजार २१० लिटर कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वि.सं.२०७६ जेठ ३१ शुक्रवार ०९:३४ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...