back

जोमसोम विमानस्थल स्तरोन्नति तीव्र

वि.सं.२०७६ जेठ ३१ शुक्रवार

561 

shares

३१ जेठ, जोमसोम । मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । धावनमार्गमा कालोपत्र थप (ओभरले) को काम ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ ।

धावनमार्गमा काम भइरहेकाले गएको शनिबारदेखि १५ दिनका लागि विमानस्थलसमेत बन्द छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो । २० वर्षअघि गरिएको कालोपत्रको अवधि गुज्रन लागेको थियो ।

विमानस्थलको दक्षिणपट्टि २३० मिटर जमीनको तह मिलाउने (ग्रेड सुधार) को काम सकिएको छ । पर्खाल, नाली, घेराबार र तटबन्धको कामले पनि तीव्रता पाएको छ । जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार आउँदो साताभित्र धावनमार्ग सुधारको काम सकिनेछ । असार ८ गतेदेखि विमानस्थलमा नियमित उडान हुने कार्यालय प्रमुख भानु कोइरालाले बताए ।

धावनमार्ग कालोपत्र र ‘ग्रेड’ सुधारले जहाज उडान तथा अवतरणमा सहजता थपिने उनको भनाइ छ । धावनमार्ग जीर्ण हुँदा र ‘ग्रेड’ नमिल्दा दुर्घटनाको जोखिम थियो । विमानस्थलभित्रको भिरालो जमीनलाई सम्याएर धावनमार्गकै तहमा ल्याइएको निर्माण कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताए ।

“धावनमार्गको काम एक साताभित्रै सकिन्छ”, उनले भने, “असार मसान्तसम्ममा बाँकी सबै काम सक्छौँ ।” रातदिन नभनी मजदूर र व्यवस्थापन पक्ष काममा खटिएको उनको भनाइ थियो ।

नागरिक उड्डयन प्राधिकरणले गत असोजमा एपेक्स निर्माण कम्पनीलाई विमानस्थल सुधारको जिम्मा दिएको थियो । रु नौ करोडमा सम्झौता भएको योजनाको काम फागुन १५ गतेदेखि मात्र शुरु भएको थियो ।

चिसो र हिमपातका कारण ढिलो गरी काम शुरु भएको निर्माण कम्पनीले जनाएको छ । जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नुपरेको कार्यालयले जनाएको छ ।

पोखरा–जोमसोम हवाइमार्गमा तारा, यति, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन् । मुस्ताङ घुम्ने पर्यटक र तीर्थयात्रीको चापले वैशाख–जेठ महीना विमानस्थल बढी व्यस्त हुने गर्छ । पोखरादेखि १८ मिनेटको उडानमा जोमसोम पुगिन्छ । जहाजबाट मुस्ताङ जाने पर्यटक यतिबेला म्याग्दीको बेनी हुँदै सडकमार्गबाट मुस्ताङ पुगेका छन् ।

वि.सं.२०७६ जेठ ३१ शुक्रवार १२:२७ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...