
मृत्यु र समवेदनाका समाचारहरु कहिलेकाँही अपुष्टमै पनि भाइरल बनाइने हुँदा शंका हुन स्वभाविकै थियो तर वर्तमान गृहमन्त्रीकै सल्लाहकार तथा डि.आर कै साथी सुर्य सुवेदीको फेसबुकमा भएपछि अब हो कि होइन भन्ने द्धिविधा हट्यो । एकछिन त खुट्टा पनि लगलगाए । मलाई त्यसो भैरहँदा मैले गंगा (गंगा बेल्वासे) कमरेडलाई के भएको होला भन्ने अनुमान गरें । कसरी फोन लगाउँ त्यस्तो बेला सकिएन ।
सादा जीवन उच्च विचारका धनी, इमान्दारिताका प्रतिमूर्ति, सामाजिक न्यायका खानि, वर्गपक्षधरताका हिमायती सर्वहारावर्गिय निष्ठाका सम्प्रेषक, बैचारिक राजनैतिक रुपले परिपक्व क्रान्तिकारी तथा शालिन, बौद्धिक र भद्र कम्युनिष्ट नेता, मेहनती, कर्मठ र र्सिजनशीलताका संवाहक तथा असल कम्युनिष्ट अभियानका उदाहरण डिआर पौडेलले हामी सबैलाई स्तब्ध पारेर जानुभएको छ ।
एकाबिहानै एउटा साथीको फेसवुक वालमा नेकपा नेता डि.आर पौडेलको निधन भन्दै फोटो नराखिकन समाचारको रुपमा अपडेट भएको खबरले मेरो मुटु ढुकढुक भयो । के डि.आर भनेको त्यहि असल कम्युनिष्ट अभियन्ता त होइन, मनमा चिसो पस्यो । मैले पुराना डि.आर पनि सम्झे । स्याङ्जामै जन्मिएका पुराना डि.आर लामिछाने सरकार–माओवादी वार्ताको सहजकर्ता हुँदै यो धर्तिलाई छोडेर गए । उनलाई स्मरण गर्दागर्दै फेसवुकको नयाँ वाल देखा पर्यो । सूर्य सुवेदी पथिकको स्टाटसमा समेत डि.आर पौडेल कमरेडप्रति श्रद्धान्जलि भनेपछि अपत्यारिलो खबर पुष्टि जस्तै भयो ।
मृत्यु र समवेदनाका समाचारहरु कहिलेकाँही अपुष्टमै पनि भाइरल बनाइने हुँदा शंका हुन स्वभाविकै थियो तर वर्तमान गृहमन्त्रीकै सल्लाहकार तथा डि.आर कै साथी सुर्य सुवेदीको फेसबुकमा भएपछि अब हो कि होइन भन्ने द्धिविधा हट्यो । एकछिन त खुट्टा पनि लगलगाए । मलाई त्यसो भैरहँदा मैले गंगा (गंगा बेल्वासे) कमरेडलाई के भएको होला भन्ने अनुमान गरें । कसरी फोन लगाउँ त्यस्तो बेला सकिएन । उहाँको अस्वभाविक, अपत्यारिलो र अर्पझटको निधनबाट धेरै मानिसहरुले सामाजिक सञ्जाललाई कब्जामा लिदैँ गए । जताततै समवेदना आयो । मैले ती समवेदनाहरुको सुष्म अध्ययन गरें । तर, यतिबेला बाध्यता र चाकडीका लागि नभएर उनको राष्ट्रनिष्ठा र सादगीताका लागि भावनात्मक समवेदना मनमुटुबाटै उर्लेको देखियो ।
२०४७ तिर प्रभुनारायण बस्नेत मार्फत् नै जस्तो लाग्छ मेरो उहाँसँग चिनजान भएको । पछि पार्टी एकता संयोजन समिति हुँदै नेकपा एकता केन्द्र बनेपछि उहाँ विद्यार्थी नेताको रुपमा स्थापित हुनुभएको थियो र उहाँ अ.ने.रा.स्व.वि.यू को अध्यक्ष पनि बन्नुभयो । उहाँको शालिनता र भद्रतालाई नबुझ्नेहरुले कस्तो लुरे ! पनि भन्ने गर्दथे । तर, २०५१ मा पार्टी विभाजन नहुँदै उहाँसँग बागबजारमा चिया खाएर घण्टौ बस्दा उहाँको अध्ययनशीलता र क्रान्तिकारी निष्ठाले मलाई आकर्षित गरेको थियो । २०५२ को जनयुद्ध शुरु भएपछि भने उहाँसँगको भेटघाट अलिक पातलो भयो । जनएकता साप्ताहिक मार्फत् नेपाली समाजको रुपान्तरणको अभियानमा उहाँको योगदान बढ्दै गएपछि म आफै उहाँलाई खोजेर भेट्ने गर्दथेँ भने उहाँले पनि खोजी खोजी भेट्न चाहनुहुन्थ्यो ।
उहाँको योगदान र विशिष्ठ गुणहरुबारे म भन्दा धेरै ज्ञान, अनुभव, संगत भएका साथीहरु हुनुहुन्छ । र उहाँ आबद्ध सिंगो पार्टी पनि छ । त्यसका बारेमा मेरो अनुभूति र शब्द निकै फिका पनि हुन सक्छन् । मन्त्री नै भैसकेपछि एकदिन उहाँ अनामनगरबाट पुतलीसडक आउँदै गर्दा बाटोमा मलाई देख्नुभएछ र टक्क गाडी रोकाउनु भयो । एउटा सैनिकले ‘सर उता हेर्नुस् त’ भनेपछि पो मैले फर्केर हेरें । डि.आर हुनुहुँदोरहेछ उहाँले ‘कता जाँदै हो, भेटै हुन छाड्यो आजभोली’ भन्नुभयो । मैले उत्तर दिए, ‘ शिक्षा मन्त्रालयमा काम पर्यो भने आइहाल्छु नि ।’ फेरि उहाँले एकछिन भएपनि सँगै बसौं न भन्नुभयो, मैले उहाँको आग्रहलाई नर्कान सकिन । तर यसअघि २ मन्त्रीको अनुरोधलाई मैले ‘यतै व्यस्त छु’ भनेर उनीहरुको गाडी चढ्न अस्वीकार गरेको थिएँ । उहाँले ऐक्यबद्धता पत्रिका, अष्ट ज अभियान तथा बुद्धिजीवी संगठनमार्फतको राजनैतिक संलग्नता तथा सरकारबारे धारणा समेत खोज्नुभएको थियो । मैले उहाँलाई व्यंग गर्दै भने, ‘मत्री भैहाल्नु भयो, क्रान्ति त पूरा भयो नि’’ उहाँले मुसुमुसु हाँस्दै दरिलो हात समाउनु भयो । म ओर्लें ।
केही महिना अगाडि यूकेबाट प्रकाश शर्माले सक्रिय गराउन खोजेको जडिबुटी अभियानका बारेमा सल्लाह गरौं न भनेर भेट भइयो । त्यो भेटमा मुलुकको आर्थिक समृद्धिका लागि जडिबुटीको व्यवसायिकरणका बारेमा छलफल र अभियानका बारेमा केही कुरा पनि भयो । उहाँलाई पनि ‘जडिबुटी’ ले घोच्न थालेछ । म खुसी पनि भएँ । त्यसको केही दिनपछि कमरेड गंगा वेल्वासे अभियानमै सक्रिय भएको पाएँ । त्यसबाहेक द्धन्द्धपीडित खास गरी जनयूद्धमा सहभागी भएर स्थायी शिक्षक छोडेका तर अहिले पार्टीले वास्ता नगरेर घर न घाट भएका शिक्षकहरुको बहालीका लागि कुरो उठाउँदा उहाँले देखाएको बाध्यता र सम्भावनाका बारे छलफल पनि भएका थिए । पछिल्लोपटक विप्लवका कार्यकर्तालाई नागरिक होइनन् भनेर गृहमन्त्रीले बोलेको भनी गरिएको प्रचारप्रति उहाँले आपत्ति जनाएको तथा गृहमन्त्री कामरेड बादललाई २०५२ तिरको स्थिति सम्झन गरेको अनुरोध उहाँबाट सार्वजनिक भएपछि उहाँको वर्गनिष्ठालाई आदर गर्दै सम्पर्क पनि गरें ।
अहिले सुनेँ, उहाँ दिवाकर स्मृति कार्यक्रम र प्रकाशनलाई मुख्य काम ठान्दै आफ्नो घर चितवनको माडि पुग्नुभएको रहेछ । तर, २०७६ जेठ ३१ गते बिहान माडि नगरपालिका ५ मा हृदयघात भै उहाँले हामी सबैलाई छोडेर जानुभएको छ । नेपालको राजनैतिक आन्दोलन खास गरी कम्युनिष्ट आन्दोलनलाई रुपान्तरणकारी र जनमूखी बनाउन कसरी सकिन्छ भन्ने कुरामा बढि चिन्तन, मनन र ध्येय राख्ने डि.आर पौडेलले माडी र चितवन मात्र होइन, मुलुकभर तथा समाजवादी आन्दोलनका पक्षधरहरुलाई अमिट छाप छोड्न सफल हुनुभएको छ । सादा जीवन उच्च विचारका धनी, इमान्दारिताका प्रतिमूर्ति, सामाजिक न्यायका खानि, वर्गपक्षधरताका हिमायती सर्वहारावर्गिय निष्ठाका सम्प्रेषक, बैचारिक राजनैतिक रुपले परिपक्व क्रान्तिकारी तथा शालिन, बौद्धिक र भद्र कम्युनिष्ट नेता, मेहनती, कर्मठ र र्सिजनशीलताका संवाहक तथा असल कम्युनिष्ट अभियानका उदाहरण डिआर पौडेलले हामी सबैलाई स्तब्ध पारेर जानुभएको छ । धेरै मानिसहरुले ‘हर्ट अट्याक जस्ता दुर्घटनाले राम्रा मान्छे लाने गरेको’ स्मरण गराएका छन् । उहाँको निधनले भित्र र बाहिरको निष्ठाको लडाईमा अभाव खट्किने निश्चित छ । भावनाका कारण भावविह्ल हुनेलाई यो सहन गर्न गाह्रो परिरहेको छ । गंगा कामरेड र छोरीहरुलाई झन कति पीडा पर्यो होला । आखिर डि.आरले सिकाएको भौतिकवादलाई जीवन व्यवहारमा नउतारिकन गंगा कामरेडलाई सुखै छैन । अत्यास, झट्का र घाउ जस्तोसुकै भएपनि सम्हालिनै पर्छ, गंगा कामरेड । हामी पनि त तपाईसँगै छौ नि ।
वि.सं.२०७६ जेठ ३१ शुक्रवार १५:४१ मा प्रकाशित






















