back

गुठी जग्गामा किसानले मोहियानी हक पाउनु पर्नेमा अध्यक्ष बिजुक्छेको जोड

वि.सं.२०७६ जेठ ३१ शुक्रवार

765 

shares


३१ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे(Narayan Man Bijukchhen)ले गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र ख्वप कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आजदेखि शुरु भएको ‘नेशनल कन्फरेन्स अन रोल अफ म्यानेजमेन्ट’को राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सरकारले गुठी जग्गामा मोही किसानले नै पाउनुपर्नेमा जोड दिएका हुन् ।

अध्यक्ष बिजुक्छेले जग्गाबाट उठेको कर जनताकै लागि खर्च गर्नुपर्ने बताए । आर्थिक समृद्धिको नाराले मात्र देशको विकास नहुने उनको भनाइ थियो । ख्वप कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक व्यवस्था राजनीतिक व्यवस्थाद्वारा निर्देशित हुने भएकाले देशको राजनीतिक, आर्थिक र भौतिक शक्ति समाज केन्द्रित गर्दै लैजानुपर्ने बताए । सरकारले आर्थिक ऐन संशोधन गरी कालो सूचीमा परेकालाई बोलपत्रमा भाग लिन नपाउने, काम सकिएको पाँच वर्षसम्म ठेकेदारले नै मर्मत गर्नुपर्ने, मुद्दा खेपिरहेका ठेकेदारले टेन्डरमा भाग लिन नपाउनेलगायत व्यवस्थालाई महिना नबित्दै खारेज गर्दा बेइमान ठेकेदारको मनोबल बढेको उनको भनाइ थियो ।

भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी जोशीले नगरपालिकाले भक्तपुरको कला–संस्कृति संरक्षण तथा सम्पदा पुनःनिर्माण तीव्ररुपमा अगाडि बढिरहेको बताइन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी उपरीक्षक सविन प्रधान, ख्वप कलेजका प्राचार्य रुपक जोशीलगायतले आ–आफ्नो धारणा राखेका थिए । सम्मेलनमा प्राडा पुष्कर बज्राचार्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्प कँंडेल, डा निर्मल रावत, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलगायतले ३६ कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

वि.सं.२०७६ जेठ ३१ शुक्रवार १९:२८ मा प्रकाशित

Himalayan Life AD
फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...