back

शुन्य लागतमा युएई जाने गरी सम्झौता

वि.सं.२०७६ जेठ ३१ शुक्रवार

741 

shares


३१ जेठ, काठमाडौं । नेपालले र संयुक्त अरब इमिरेट्स(यूएई)बीच श्रम समझदारी भएको छ । १२ वर्षअघि दुईमुलुकबीच भएको सम्झौतालाई प्रतिस्थापन गर्दै नयाँ श्रम सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

ट्जरल्याण्डको जेनेभामा भएको उक्त समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा कामदार छनोट र भर्ना प्रक्रियामा लाग्ने सबै शुल्क एवम् लागत रोजगारदाताले नै व्यहोर्ने उल्लेख छ ।

रोजगारदाताको कमि कमजोरीका कारण कामदार वेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्नेसक्ने, महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्नुपर्ने, व्यवसायजन्य दुर्घटना वा रोग लागेमा उपचार खर्च रोजगारदाताले व्यहोर्नुपर्ने, राहदानी लगायत व्यक्तिगत परिचय सम्बन्धि कागजात श्रमिकले साथमै राख्न पाउनुपर्ने, कामदारको मृत्यु भए शव ल्याउन लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नु पर्ने, कामदारले पाउने सेवा सुविधा तत्कालै भुक्तानी गर्नुपर्ने लगायत समझदारीपत्रमा उल्लेख छ ।

युएई नेपालको चौथो ठूलो श्रम गन्तव्य देश हो । नेपालले पहिलोपटक सन् २००७ मा श्रम समझदारी गरेको थियो । युएईमा २ लाख नेपाली कार्यरत रहेको अनुमान छ ।

यसअघि पनि नेपालले कतार, मलेसिया, तथा ओमानसँग शुन्य लागतमा नेपाली कामदार पठाउने गरी सम्झौता गरेको भएपनि म्यानपावर कम्पनीहरुले लाखौँ रकम लिने गरेका छन् ।

वि.सं.२०७६ जेठ ३१ शुक्रवार १९:५९ मा प्रकाशित

Himalayan Life AD
सुनचाँदीको मूल्य बढेकोबढ्यै

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा...

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी...

निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग...

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुरले दिए राजीनामा

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुरले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट...

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौँ । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए...

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौँ । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ...